२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

नेपालगञ्ज २२ मा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रभावकारी बन्दै



नेपालगञ्ज : नेपालगञ्जको खलवा पुरैनी स्वास्थ्य संस्थाबाट प्रदान हुने किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । पछिल्लो समय स्वास्थ्य संस्थाले छुट्टै कोठाको व्यवस्थापन गरेर शुरु गरेको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा लिन पुग्नेको संख्या बढेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ खलवा पुरैनीमा रहेको स्वास्थ्य संस्थाले स्थानीय स्वास्थ्य अवस्थालाई मुल्यांकन गरेर छुट्टै कोठाको व्यवस्थापन गरेर यस खालको सेवा दिन शुरु गरेको स्वास्थ्य संस्थाका प्रमुख सरोज मिश्राले जानकारी दिए । यसका लागि एस डिएफले सहयोग गरेको उनले बताए ।

स्वास्थ्य संस्थाको तथ्यांक अनुसार यसै आर्थिक वर्षको साउनदेखि १७५ जना किशोरकिशोरीले सेवा लिएका छन् । जसमा ७ जना विवाहित, ८३ जना अविवाहित किशोरी, ३ जना विवाहित र ८२ जना विवाहित किशोरले स्वास्थ्य सेवा लिएका छन् ।

प्रकाशित मिति : २०७९ पुस ७ गते बिहीबार
ताजा समाचार