Sadarline
२०८३ असोज २९ , बिहीबार

नरैनापुरलाई शैक्षिक हब बनाउने अध्यक्ष शाहको प्रतिबद्धता



नरैनापुर (बाँके) : ग्रामिण बिकासको लागि चाइना फाउण्डेसनको आर्थिक सहयोगमा बेसले नरैनापुरको आर्दश माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई बिहिबार झोला तथा शैक्षिक सामग्री बितरण गरेको छ ।

मधेशी, दलित र मुस्लिम समूदायका बालवालिकाको शैक्षिक प्रोत्साहनका लागि बेसले शैक्षिक सामग्री बितरण गरेको जनाएको छ ।

आर्दश माध्यमिक बिद्यालय नरैनापुरमा भएको शैक्षिक सामाग्री बितरण कार्यक्रममा बेसकि केन्द्रीय सदस्य संगिता थारुले बिद्यार्थीको शैक्षिक प्रोत्साहन स्वरुप शैक्षिक सामग्री बितरण गर्दै आईरहेको जानकारी दिइन् ।

शैक्षिक सामग्री वितरण कार्यक्रमका प्रमुख अतिथि नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले यसप्रकारको सहयोगले गरिव तथा बिपन्न बर्गका वालवालिकाको शैक्षिक प्रोत्साहनमा टेवा पुग्ने बताए । उनले सहयोग सानो ठुलो नभई बिद्यार्थीको शैक्षिक मनोबिज्ञानमा समेत परिवर्तन आउने दावी गरेका थिए ।

अध्यक्ष शाहले नरैनापुर दुर्गम क्षेत्रको नामबाट चिनिए पनि अब शैक्षिक क्षेत्रको हबको रुपमा नरैनापुरलाई विकास गर्ने बताउँदै आर्दश माध्यमिक विद्यालयलाई इण्टर कालेज बनाउने र कन्या विद्यालयको निमार्णका लागि ठेक्का भई सकेकोले निकट भविष्यमा सञ्चालनमा आउने जानकारी दिए ।

शिक्षाको विकास नभई देशको विकास नहुने भन्दै मधेशी, मुस्लिम, दलित र पिछडिएको समुदायलाई शिक्षित र जागरुक बनाएर अगाडी बढाउनका लागि नरैनापुर गाँउपालिका गम्भीर भएर लागेको बताउँदै उनले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने जिकिर गरे ।

नरैनापुर २ का वडा अध्यक्ष मसुद अहमद शाहले चाइना फाउण्डेसनको आर्थिक सहयोगमा शैक्षिक सामग्री बितरण गर्नुले विद्यार्थीमा थप हौसला प्रदान गरेको बताए । उनले यो सहयोग बिद्यार्थीको लागि अविष्मरणीय रहने भन्दै सहयोगी मनहरुलाई हार्दिक कृतज्ञता समेत ब्यक्त गरे ।

कपी, पेन्सील, इरेजर, स्कुल ब्याग लगायतका सामग्रीसहित ५४० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको थियो ।

प्रकाशित मिति : २०७९ पुस ८ गते शुक्रबार
ताजा समाचार