२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

क्षयरोगीलाई १२ लाख बराबरको सामग्री सहयोग



नेपालगञ्ज : विराट नेपाल मेडिकल ट्रष्टले टिबी नेपाललाई १२ लाख बराबरको सामग्री सहयोग गरेको छ । टिबी नेपालले सञ्चालन गरेको डीआरटीबी होस्टेलमा रहेका विरामीका लागि उक्त सामग्री सहयोग गरेको हो ।

लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक विनोद गिरी, प्रदेशका स्वास्थ्य प्रयोगशाला निर्देशक रोशनलाल चौधरी, नेपालगञ्ज उपमहानगरपालिका ४ का वडाध्यक्ष गोपाल पुन, विराट नेपाल मेडिकल ट्रष्टका क्षेत्रीय प्रबन्धक गंगाराम बुढाथोकी, स्वास्थ्य कार्यालयका फोकल पर्सन मानबहादुर नेपालीलगायतले टिबी नेपालका अध्यक्ष लक्ष्मण रेग्मीलाई उक्त सामग्री हस्तान्तरण गरे ।

प्रबन्धक बुढाथोकीका अनुसार २० थान लोबेड, २० बेड लकर टेबुल, २० थान म्याट्रेु। २० सिरानी, २० थान झुल, २० थान ब्लांकेट, सय थान ज्याकेट, सय थान टोपी, २० थान हटब्याग, ८० थान पोला ब्लाँकेट, कार्पेट, शुद्ध खानेपानीका लागि वाटर प्युरीफिकेशन जडान गरिएको छ ।

होस्टेलमा ३१ जना विरामी भर्ना भएका छन् भने १४ जना नियमित बसिरहेको टिबी नेपालका कार्याक्रम संयोजक हिक्मत खडकाल जानकारी दिए ।

प्रकाशित मिति : २०७९ पुस ६ गते बुधबार
ताजा समाचार