दाङमा ६४ जना उम्मेदवारको जमानत जफत

सदरलाइन संवाददाता १३ मंसिर २०७९, मंगलवार १४:२०
 

दाङ : दाङमा नेकपा एमालेबाट विद्रोह गरेर हाम्रो नेपाली पार्टीबाट मंसिर ४ को चुनावमा उम्मेदवार भएकी गंगा चौधरी (सत्गौवा)सहित ६४ जनाको जमानत जफत भएको छ । गंगा चौधरीलाई एमालेले टिकट नदिएपछि हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेकी थिइन् ।

उनले मात्र १०९२ मत प्राप्त गरिन् । निर्वाचन ऐन–२०७४ को दफा ७१ मा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ । जुन व्यवस्था अनुसार गंगाको मत १० प्रतिशत पुग्न नसकेपछि धरौटी रकम जफत हुने भएको छ ।


यस्तै दाङमा प्रतिनिधिसभाका तीन तथा प्रदेशसभाका ६ क्षेत्रमा उम्मेदवार बनेका ८९ जना उम्मेदवारहरुम मध्ये २५ जनाले मात्र जमानत बचाउन सफल भएका छन् । निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभातर्फ उम्मेदवार बनेका गठबन्धनबाट निर्वाचन जितेका ९ जना, नेकपा एमालेका प्रतिनिधिसभा र प्रदेशसभाका ९ जना, राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका ३ जनाले जमानत बचाएका छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीबाट क्षेत्र नं. १ बाट प्रतिनिधिसभा र १(क) र १ (ख)बाट प्रदेशसभामा उम्मेदवार बनेका उम्मेदवारसहित राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दाङ निर्वाचन क्षेत्र नं.२ (क) मा उम्मेदवार बनेका एक जना उम्मेदवारले मात्र जमानत बचाउन सफल भएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचनाअधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नवौँ महाधिवेशन नेपालगञ्जमा शुरु

१३ मंसिर २०७९, मंगलवार १४:२०
नेपालगञ्ज : राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नवौँ महाधिवेशन नेपालगञ्जमा शुरु भएको छ । नेपालगञ्जको बालेगाउँमा मंगलवारदेखि शुरु भएको महासंघको सो राष्ट्रिय महाधिवेशनको मुख्य न्यायाधीश डा. रत्न बागचन्दले उद्घाटन गरे । सो अवसरमा बोल्दै मुख्य न्यायाधीश डा. बागचन्दले नेपालको संविधानले अपाङ्गता भएका र नभएका बीच कुनै पनि भेदभाव नगरेको जनाउँदै अपाङ्गता […]