भूकम्पका घाइतेका लागि ९३ पिन्ट रगत संकलन

सदरलाइन संवाददाता १९ कार्तिक २०८०, आईतवार १३:१९
 

नेपालगञ्ज : जाजरकोटलाई केन्द्रविन्दू बनाएर शक्रबार राती गएको भूकम्पमा परी घाइते भएकाहरुलाई उपचारमा सहजताका लागि नेपालगञ्जमा रगत संकलन गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्र बाँकेको आयोजनामा भएको रक्तदान कार्यक्रममा ९३ पिन्ट रगत संकलन भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले बताए । श्रेष्ठले बिरामीको लागि आबश्यक परेमा अब रगतको अभाव नहुने जानकारी दिए । उनका अनुसार अहिले २४० पिन्ट रगत स्टक रहेको छ ।


बिरामीलाई रगतको अभाव हुन नदिनका लागि रगत संकलन गरिएको रक्त संचार केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले बताए । उनले घाइतेहरुको उपचारमा सहजताका लागि रगतको प्रशस्त मौज्दात रहेको जानकारी दिए ।

भूकम्पका घाइतेहरुलाई शुक्रबार बिहान ३ बजेदेखि नेपालगञ्ज भेरी अस्पतालमा उपचार शुरु गरिएको थियो । हाल भेरीमा ३७ जना विरामीको उपचार भइरहेको छ । एक जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । सबै खतरामुक्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा धार्मिक महोत्सवमा बढ्दै दाता

१९ कार्तिक २०८०, आईतवार १३:१९
नेपालगञ्ज : सदिऔं पुरानो मन्दिरको प्रचारप्रसार र ब्यवस्थापनका लागि बाँकेको खजुरा ४ एफगाउँमा रहेको किरण भवानी मन्दिरमा बुधबारदेखि जारी धार्मिक महा–महोत्सवमा दाताहरुको दिनप्रतिदिन सहभागिता बढिरहेको छ । यहि २२ गतेसम्म चल्ने महोत्सवमा स्थानीय दाताको स्वतस्फुर्त सहभागिता देखिएको महोत्सव समितिका अध्यक्ष खड्गबहादुर वलीले जानकारी दिए । पुर्व वडा अध्यक्ष समेत रहेका […]