यस्तो छ नयाँ सरकार र मन्त्रालयको भागबन्डा

१० फाल्गुन २०७४, बिहीबार १७:३७
 

सदरलाइनडटकम
१०, फागुन काठमाडौ   :  विहीबार सम्पन्न एमाले–माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्ग्याएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीहिबार विहान बाँडफाँट गरेको स्रोतले दाबी गर्यो।
स्रोतले दिएको जानकारी अनुसार एमालेको भागमा १० वटा मन्त्रालय र माओवादी केन्द्रको भागमा ६ वटा मन्त्रालय रहने छन् ।

एमालेको भागमा परेका मन्त्रालयहरु
१।अर्थ तथा योजना मन्त्रालय
२।रक्षा मन्त्रालय
३।भौतिक पुर्वाधार यातायात मन्त्रालय
४।सूचना संचार तथा विज्ञान प्रविधि मन्त्रालय
५।शिक्षा खेलकुद तथा संस्कृति मन्त्रालय
६।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
७।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
८।कानुन तथा न्याय संसदीय मामिला मन्त्रालय
९।परराष्ट्र मन्त्रालय
१०।पर्यटन मन्त्रालय


माओवादी केन्द्रले पाएका मन्त्रालयहरु
१।गृह मन्त्रालय
२।उर्जा जलविद्युत तथा नविकरणीय मन्त्रालय
३।शहरी विकास, आवास खानेपानी तथा सरसफाइ मन्त्रालय
४।वन वातावरण जलवायु परिवर्तन मन्त्रालय
५।श्रम रोजगार तथा महिला बालवालिका जेष्ठ नागरिक मन्त्रालय
६।कृषि, सिचाई खाद्य सुरक्षा सहकारी तथा भुमिसुधार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
रहेका छन् । स्रोतका अनुसार अझै पनि दुई वटा मन्त्रालय थप्ने कि भन्नेमा गृहकार्य भइरहेको बताइएको छ ।

Next Post

बोलेरो दुर्घटनाहुँदा चारको मृत्यु पाँच घाइते

१० फाल्गुन २०७४, बिहीबार १७:३७
सदरलाइनडटकम   १० फागुन, दैलेख  :  दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप बिहीबार साँझ ५ बजेतिर महाबु  ४ ओखलढुंगामा दुर्घटना हुँदा ४ जना मृत्यु हुनुको साथै ६ जना घाइते भएका छन् । लु१ज ३५३२ नम्बरको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले […]