हत्याको आरोपमा एक महिला पक्राउ

सदरलाइन संवाददाता २६ माघ २०७८, बुधबार १५:१९
 

बैतडी : बैतडी हत्याको आरोपमा बैतडीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा  दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन् ।

महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्याको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।


चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई पक्राउ गरिएको हो । पक्राउ परेकी नारुले बयानका क्रममा सौताको हत्या गरेको स्वीकार गरेको प्रमुख प्रहरी निरीक्षक शाहीले बताए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ । यही माघ १८ गते चन्द्रा घर नजिकैको बाँझो घरमा मृत फेला परेकी थिइन् ।

उनको घाँटी र मुखमा चोट थियो । नारुले घटना अघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेकी प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युवाहरुलाई खेलकुद सामग्री सहयोग

२६ माघ २०७८, बुधबार १५:१९
नेपालगञ्ज : युनिक नेपाल बर्दियाले युनिक स्पोर्ट्स् क्लबको भलिबल र फुटबल समूहलाई खेलकुदको सामग्री सहयोग गरेको छ । युनिक नेपालमा आयोजित सो कार्यक्रममा ति दुई समूहलाई भलिबल नेट, भलिबल र फुटबल लगायतका सामग्री सहयोग गरेको हो । कार्यक्रममा खेलकुद सामग्री हस्तान्तरण गरेपछि युनिक नेपालका अध्यक्ष प्रिमबहादुर थारुले युनिक नेपालले युवाहरुको […]