राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नवौँ महाधिवेशन नेपालगञ्जमा शुरु

सदरलाइन संवाददाता १३ मंसिर २०७९, मंगलवार १५:११
 

नेपालगञ्ज : राष्ट्रिय अपाङ्ग महासंघ नेपालको नवौँ महाधिवेशन नेपालगञ्जमा शुरु भएको छ । नेपालगञ्जको बालेगाउँमा मंगलवारदेखि शुरु भएको महासंघको सो राष्ट्रिय महाधिवेशनको मुख्य न्यायाधीश डा. रत्न बागचन्दले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै मुख्य न्यायाधीश डा. बागचन्दले नेपालको संविधानले अपाङ्गता भएका र नभएका बीच कुनै पनि भेदभाव नगरेको जनाउँदै अपाङ्गता भएका नागरिकलाई पनि अवसर र अधिकार दिनुपर्ने बताए । उनले अपाङ्गता भएकाहरुलाई सरकारले झन् बढी महत्व दिनुपर्नेमा जोड दिए ।


राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल शर्माको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष सुदर्शन सुवेदी, पूर्व अध्यक्ष डा. वीरेन्द्रराज पोखरेल र दीपक कोइराला, राष्ट्रिय लोकतान्त्ररिक अपाङ्ग संघका अध्यक्ष भोजराज श्रेष्ठ, अपाङ्गता सङ्गठन नेपालका अध्यक्ष टीकाराम पराजुली लगायतले महाधिवेशन सफलताको शुभकामना दिए ।

दुई दिनसम्म चल्ने सो महाधिवेशनमा देशभरिका हजारभन्दा बढी प्रतिनिधिहरुको सहभागिता छ । महाधिवेशनले राष्ट्रिय अपाङ्ग महासंघको नयाँ नेतृत्वको निर्वाचन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाजुरा घटना : ५ सदस्यीय अनुसन्धान टोली घटनास्थलमा

१३ मंसिर २०७९, मंगलवार १५:११
बाजुरा : बाजुराको त्रिवेणी नगरपालिका–७ मा आम निर्वाचनको दिन २ जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले एक समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल, सशस्त्र प्रहरीका डीआईजी अभि खत्री, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बुढाथोकी […]