नेपालगन्ज उप–महानगरस्तरिय शिक्षा समन्वय समिति गठन

९ कार्तिक २०७४, बिहीबार ११:१९
 

सदरलाइनडटकम 
९ कात्तिक, नेपालगन्ज  : स्थानीय तहमा जनप्रतिनिधि आए लगत्तै शिक्षा स्वास्थ्य र विकास निर्माणको लागि विभिन्न पहलकदमी सुरु भएको छ । सोही क्रममा नेपालगन्ज उप–महानगपालिकाले नगर क्षेत्रका निजी र सरकारी विद्यालयको शैक्षिक सुधारका लागि आवश्यक पहल सुरु गरेको छ ।
शिक्षा सम्वद्ध अधिकारी, विद्यालयको माग र आवश्यक्तालाई मध्यनजर गर्दै उप–महानगरपालिकाका मेयर डा धवल शमशेर राणाले निजी विद्यालयहरुको संगठन प्याव्सन, एनप्याव्सनलगायत सम्वद्ध सरोकारवालासँग आवश्यक परामर्श समेत गरेका छन् ।
निजी र सरकारी विद्यालयको शैक्षिक सुधारका लागि गर्न सकिने पहलका लागि डाकिएको भेलाले नेपालगन्ज उप–महानगरपालिका स्तरिय सस्थागत विद्यालय समन्वय समिति गठन गरेको छ । मेयर राणाले सरकारी र निजी विद्यालयबीच समन्वय र सहकार्यको माध्यमबाट गुणात्मक शैक्षिक विकास गर्न सकिने विश्वास व्यक्त गरे ।
सहायक जिल्ला शिक्षा अधिकारी गोरखबहादुर थापाको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले छलफलमार्फत आवश्यक कार्य योजना बनाउने छ । समितिको सदस्य सचिवमा उप–महानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्याल, प्याव्सनका अध्यक्ष विकास बहादुर सिंह, एन प्याव्सनका अध्यक्ष कृष्ण जीसी, चिरञ्जिवी चन्द, मानवहादुर थापा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तरराष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रवचन नेपालगन्जमा हुदै

९ कार्तिक २०७४, बिहीबार ११:१९
सदरलाइनडटकम  ९ कात्तिक, नेपालगन्ज : दाउते इस्लामी नेपालको आयोजना नेपालगन्जमा अन्तरराष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रचवन कार्यक्रम बिहीबारबाट सञ्चालन हुने भएको छ । विश्वमा बढ्दै गइरहेको बेरोजगारी अमानवियता र अशान्तिविरुद्ध धार्मिक चिन्तनद्वारा विश्वमा भाइचारा, अमनचयन, शान्ति कायम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिन लागेको बताईएको छ । सो कार्यक्रममा दाउते इस्लामीका केन्द्रीय […]