नेपालगञ्जमा बन्द गराउदै हिडेका ‘विप्लव’ कार्यकर्ता प्रहरी नियन्त्रणमा

सदरलाइन संवाददाता ३० कार्तिक २०७८, मंगलवार ११:५३
 

नेपालगञ्ज : पेट्रोलियम पदार्थको मूल्य बृद्धिको बिरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्द गराउदै सडकमा निस्किएका एक कार्यकर्तालाई बाँके प्रहरीले नेपालगञ्जको औद्योगिक क्षेत्र अगाडिबाट नियन्त्रणमा लिएको छ ।

बाँके प्रहरीले बन्द गराउदै हिडेका विप्लवका १ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ । नेकपाका कार्यकर्ताहरु बिहानै औद्योगिक क्षेत्र अगाडि बसेर सडकमा गुडिरहेका ई–रिक्सा र मोटरसाइकलका साँचोहरु जबर्जस्ति निकालेर यात्रुहरुलाई दुःख दिने गरेको पाइएकाले एकजना बन्दकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी निरीक्षक ईश्वरदेव गिरीले बताए ।


उनले सो स्थानबाट साविक पन्चपुरी नगरपालिका वडा नम्बर ११ सुर्खेत स्थायी ठेगाना भइ हाल जानकी गाउँपालिका वडा नम्बर ३ बस्ने ३३ बर्षिय पुष्कलकुमार माझीलाई नियन्त्रणमा लिइएको बताए ।

बन्द आवहानका कारण नेपालगञ्जमा लामो दुरी र छिटो दुरीका सार्वजनिक सवारी साधनहरु गुडेको देखिदैन भने निजी सवारी साधनहरु छिट्फुट रुपमा चलेका छन । ई–रिक्सा र मोटरसाइकलहरु पनि कमै मात्रामा चलेका छन । त्यसैगरी, बिद्यालय बन्द रहेका छन भने बजार आंशिक रुपमा खुलेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा आपातकालिन रक्तदान

३० कार्तिक २०७८, मंगलवार ११:५३
नेपालगञ्ज : नेपालगञ्जमा मंगलवार आपातकालिन रक्तदान कार्यक्रमको गरिएको छ । रगत चरम अभाव भएपछि रक्तसंचार केन्द्रको आव्हानमा लाइन्स क्लव अफ नेपालगञ्ज बजार र डोनर ग्रुप नेपालगञ्जले आपत्तकालिन रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । ५५ जनाले गरेको रक्तदानमा पहिलो पटक रगत दान गर्नेदेखि ८८ पटक रक्तदान गर्नेसमेत सहभागी थिए । रक्तदानको […]