नेपालगञ्ज : मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बाँकेमा तय भएका मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएको छ ।
बाँकेका १३८ वटा मतदानस्थललाई दुई भागमा वर्गीकरण गरिएको निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जानकारी दिइन् । उनका अनुसार निर्वाचनमा सुरक्षा दृष्टिकोणले मतदानस्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन गरिएका छन् ।
जसमा १०८ वटा मतदानस्थल अति संवेदनशील र ३० वटा संवेदनशील छन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १३६ मतदान केन्द्र रहेकोमा यसपटक कोहलपुर नगरपालिकामा एक र डुडुवा गाउँपालिकामा एक थप गरी जम्मा १३८ मतदानस्थल बनाइएको प्रमुख पन्तले बताइन् ।