तिहार सकिएसँगै बाँकेमा जसपाको घरदैलो अभियान तीब्र

सदरलाइन संवाददाता १२ कार्तिक २०७९, शनिबार १३:४८
 

नेपालगञ्ज : दीपावली सकिएसँगै जनता समाजवादी पार्टीले बाँके क्षेत्र नं २ मा आफ्नो निर्वाचन अभियान तीव्र बनाएको छ । क्षेत्र नं २ मा पर्ने २७ वटै वडामा शनिवार एकैसाथ जसपाले घरदैलो शुरु गरेको छ ।

घरदैलोका लागि २७ वटै वडामा प्रतिनिधि खटिएका छन् । ५ दिन फिल्डमा तयारी गरेर प्रतिनिधिहरू आफूले जिम्मेवारी पाएको वडामा खटिएकोे जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दिन राईले जानकारी दिए । जसपाबाट क्षेत्र नं २ को उम्मेदवार रहेका मोहम्मद इश्तियाक राई नेपालगञ्ज वडा नं २१ मा हुने घरदैलो कार्यक्रममा सहभागी भएका छन् ।

प्रदेश सभा (क) का भण्डारीलाल यादव डुडुवाको वडा नं २ र प्रदेश सभा (ख) का उम्मेदवार आदेश कुमार अग्रवालले नेपालगञ्ज वडा नं ११ को नेतृत्व गरेका छन् ।


त्यस्तै वडा नं १ मा बुद्धिसागर सुवेदी, वडा नं २ मा अरूण सिंह, वडा नं ९ मा राजन रानामगर, वडा नं १८ मा चिन्छु बर्मा, डुडुवाको वडा नं ४ मा अतहर हुसेन फारुकी लगायतका नेताले घरदैलोको नेतृत्व गरेका छन् । यो घरदैलो कार्यक्रमलाई अभियानकैरूपमा लैजाने जसपाको तयारी छ ।

शनिवारदेखि शुरु भएको घरदैलो यही १८ गतेसम्म चल्ने बताइएको छ । क्षेत्र नं २ बाट जसपाका उम्मेदवार इश्तियाक राईले आफूहरूले गरेका कामहरू जनतामाझ संगठितरूपमा प्रष्ट पार्न घरदैलोलाई अभियानकैरूपमा लैजाने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

काँग्रेससहित गठबन्धनको प्रचार कार्यालय नेपालगञ्जमा सञ्चालन

१२ कार्तिक २०७९, शनिबार १३:४८
नेपालगञ्ज : नेपाली काँग्रेले नेपालगञ्जमा पाँच दलिय गठबन्धनको संयुक्त प्रचार–प्रसार कार्यालय सञ्चालनमा ल्याएको छ । बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर २ को प्रचार–प्रसार कार्यालय शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । काँग्रेस क्षेत्र नम्बर २ ले नेपालगञ्जको त्रिभुवन चोक पुर्ब लाईनमा उक्त कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त कार्यालयको नेपाली […]