जनसरोकारका योजना स्थगित गरी कार्यकर्ता पोस्दै बर्तमान सरकार : अध्यक्ष ओली

लक्ष्मी तिमिल्सेना ६ आश्विन २०७८, बुधबार १९:३७
 

नेपालगञ्ज : नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान सरकार जनसरोकारका योजना स्थगित गरी कार्यकर्ता पोस्ने कार्य गरेको आरोप लगाएका छन् । उनले बुधबार नेपालगञ्जमा पार्टीले आयोजना गरेको बृहद कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

उनले भने–‘ जनतासंग प्रत्यक्ष सरोकार राख्ने सडक, अस्पताल, पुल पुलेसा जस्ता योजना रोकेर कार्यकर्तालाई नगद बाँड्ने गरी कार्यक्रम ल्याउनु नै जनविरोधी कार्य हो ।’ उनले गठबन्धनबाट बनेको बर्तमान सरकार राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र विकास विरोधी भएको आरोप लगाए ।

‘परमादेशबाट बनेको सरकारले १ हजार ४ सय सडक आयोजना रद्ध गर्नु, परराष्ट्र मामिलाका जानकार तथा विद्वान–विद्वान व्यक्तिहरुलाई राजदुतावासबाट फिर्ता बोलाउनु, भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु र पार्टी विभाजनलाई सजिलो बनाउनका लागि अध्यायदेश ल्याउनुले बर्तमान सरकारको जनविरोधी कार्य छरपस्ट हुन्छ’– उनले भने ।

पूर्व प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य, आवास, सामाजिक विकास जस्ता कुरामा तत्कालिन आफ्नो नेतृत्वको सरकारले महत्वपुर्ण उपलब्धीहरु हासिल गरेको जानकारी दिंदै भने–‘ हामीले जनता आवास अन्र्तगत बनेका १२ हजार घर वितरण, ३१ वटा सडक पुल तथा २ सय १० वटा सडक बाटो र ३ सय ९६ वटा अस्पताल एकैदिन शिलान्याश गरेर विकासका कामहरुलाई तिव्ररुपमा अघाडि बढाएका थियौ त्यो गठबँधनेलाई पाच्य भएन ।’


अध्यक्ष ओलीले आउँदो चुनावमा माधव नेपाल र प्रचण्ड जनता माझ भोट माग्न जानै नसक्ने जिकिर गर्दै भने–‘उनीहरुको आउने चुनावमा भोट माग्न जाने ठाउँ नै छैन, एक अर्काको मुख हेरेर बस्नुपर्ने स्थिती हुनेछ ।’ माधव नेपाल चोइटिएर गए पनि एमालेलाई त्यसले कुनै क्षति नगरेको ओलीले बताए । उनले थपे, ‘अलिकति पार्टी चोइटियो, माधव नेपाल सानो चोइटो लिएर गए । यसले केही फरक पर्दैन ।’

कार्यक्रममा लुम्विनी प्रदेसका पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी समिति सदस्य शंकर पोखरेलले माओबादी र नेकपा एकिकृत समाजवादी पार्टीमा कार्यकर्ताको भविष्य नभएको बताउदै उनले माधव नेपाल र प्रचण्ड पार्टी विभाजनका प्रतिक भएको आरोप लगाए । उनले माओबादीमा रहेका पुराना नेताले प्रचण्डको साथ छाडिसकेको दाबी गर्दै वर्तमान सरकारले बनाउने काम भन्दा बनेका कुरालाई भत्काउने काम गरेको आरोप समेत लगाए ।

उनले पार्टी निर्माणको मौकालाई वडा र त्यो भन्दा तल टोलकमिटी सम्म पुराउन निर्देशन समेत दिदै भने–‘ अहिले हामीलाई पार्टी निर्माणको लागि मौका आएको छ । सबै नेता कार्यकर्ता तल्लो तहसम्म पुगेर जनताको समस्या सुनेर समाधान गर्दैै पार्टीलाई बलियो बनाउने काममा लाग्नुहोस ।’

एमाले बाँकेका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सचिव रत्न खत्री गरेको कार्यक्रममा एमालेका विभिन्न तहका नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँसगढी नगरपालिकामा बालविवाह विरुद्धका गतिबिधिमा जनप्रतिनिधिको चासो

६ आश्विन २०७८, बुधबार १९:३७
बाँसगढी (बर्दिया) :  बर्दियाको बाँसगढी नगरपालिकाका जनप्रतिनिधिले बालविवाह विरुद्धको अभियानमा विषेश चासो दिएका छन् । प्लान नेपालको आर्थिक सहयोग तथा बाँके युनेस्को क्लवको संयोजनमा संचालित कार्यक्रममा नगरपालिकाका मेयर शालिकराम अधिकारी लगायतका जनप्रतिनिधि बालबिबाह बिरुद्धको अभियानमा चासो देखाएका हुन । बुधबार नगरको वडा नम्बर ६ मा बालविवाह बिरुद्धको बृहत्त सेचतना र्याली […]