चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता रेलवे, आर्मी र एपिएफ सेमिफाइनलमा

१५ फाल्गुन २०७३, आईतवार १२:२६
 

सदरलाइनडटकम  
१५ फागुन, नेपालगन्ज : नेपालगन्जमा जारी चौथो प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा साविक विजेता रेलवे टिम इन्डिया, त्रिभुवन आर्मी क्लब र एपिएफ सेमिफाइनलमा पुगेका छन् । प्रतियोगिताको दोस्रो दिन भएको खेलमा भारतीय टोली रेलवेले आयोजक मध्यपश्चिम भलिबल टिमलाई सोझो सेटमा २५–८, २५–३, २५– ७ ले हरायो ।
यसैगरी आइतबार भएको अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले भारतीय टोली बर्षात एशोसियसनलाई सोझो सेटमा २५–१७, २५–१९, २५– १७ ले हरायो थियो । लगातार दुई खेलमा हारको सामना गरेपछि एक–एक खेल जितेका आर्मी र एपीएफ समूूह बीबाट सेमिफाइनलमा प्रबेश गरेका छन् ।
प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको आर्मीले समूह बिजेता बन्न एपीएफसग लिगको अन्तिम खेल खेल्ने छ । प्रतियोगिताको सेमिफाइनलमा पुगेपछि आर्मीका प्रशिक्षक लोक बहादुर बुढाले आर्मी घरेलु प्रतियोगितामा बलियो हुदै गएको दाबी गरे ।
उनले भने,‘भारतीय टिमलाई हराउनु भनेको हाम्रो उपलब्धी हो । प्रतियोगितामा बलियो टिमले भाग लिएको छन । हाम्रो टिममा नयाँ खेलाडीको बाहुल्यता छ । पुर्ण टिम बनाउन पनि हामीले विगतमा समस्या थियो । तर अहिले विस्तारै हाम्रो खेलाडीले राम्रो खेलिरहेको छन । यहि लयलाई जारी राखे हामी एपिएफ र पुलिसलाई हराउन सक्छौं ।’
यसैगरी आर्मीका खेलाडि मनिषा खाँडले जुनियर खेलाडी भएपनि टिमले प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको बताइन । उनले भनिन–‘हामी पछिल्लो समय नियमित प्रतियोगिता खेलिरहेको छौं । प्रशिक्षणमा हामीले मेहनत गरेको छौं । यसले टोलीको एकता बलियो पार्दै राम्रो नतिजा निकाल्न सहयोग गर्छ ।’



भारतीय टोली बर्षातका प्रशिक्षक आशिष शाहले जुनियर खेलाडी नर्भस भएका कारण प्रतियोगिताबाट बाहिरिनु परेको बताए । उनले भने, हामीले पहिलो पल्ट देश भन्दा बाहिर प्रतियोगिता खेल्न आएको हौं । तर प्रतियोगिता स्तरीय टिम आउँछन भन्ने हामीलाई थाहा थिएन । अर्को वर्ष आउँदा हामी पुर्ण तयारीका साथ आउँछौं र प्रतियोगितामा राम्रो फाइट दिने कोसिस गछौं ।’
उनले थपे,‘प्रतियोगिताको ब्यवस्थापन र स्तर राम्रो छ । हामी अर्को पटक प्रतियोगितामा भाग लिन चाहन्छौं । यसले हाम्रो खेलाडीलाई सफलता हासिल गर्न कति मेहनत गर्नु पर्छ भन्ने सिकाउँछ ।’
प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा सोमवार नेपाल पुलिस क्लब र आयोजक मध्यपश्चिम तथा अर्को खेलमा एपिएफ र आर्मीले प्रतिस्पर्धा गर्नेछन ।
फागुनको १८ गतेसम्म चल्ने प्रतियोगितामा भारतीय दुइ टोलीसहित नेपालको चार महिला भलिबल टोलीले प्रतिस्पर्धा गर्ने भएको छन् । नेपालगन्ज रंगशालाको कभर्ड हलमा बाँके जिल्ला भलिबल संघको आयोजनामामा संचालित प्रतियोगितामा साविक विजेता रेलवे इन्डिया, भारतको अर्को टोली बर्षात एशोसियसन, एपिएफ क्लब, नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब र आयोजक मध्यपश्चिम टिमले प्रतिस्पर्धा गरिरहेका छन ।
प्रतियोगिताको समुह ए मा रेलवे टिम इन्डिया, नेपाल पुलिस, आयोजक मध्यपश्चिम, समुह बी मा एपिएफ, बर्षात एशोसियसन र त्रिभुवन आर्मी क्लब रहेको छन ।
लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार, दोस्रोले ५५ हजार रुपैंया, तेस्रोले ३५ हजार रुपैपा प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रक्षक, उत्कृष्ट सर्भरलाई आर्कषक पुरस्कार प्रदान गरिने आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले समन्वय गरेको यस प्रतियोगितामा नेपालगन्ज उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, जिल्ला खेलकुद विकास समिति लगायत संघसंस्थाले साझेदारी गर्दै आएका छन् भने नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्टिय खेलकुद परिषदको बिशेष सहयोग रहँदै आएको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले उद्घाटन गरेको प्रतियोगिताको समापन राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव बिष्टज्यूले गर्ने आयोजकले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चार महिला सहित ५२ जना युवाहरुद्वारा रक्तदान

१५ फाल्गुन २०७३, आईतवार १२:२६
सदरलाइनडटकम    १५ फागुन, नेपालगन्ज : राइजिङ आइडल्स बा“के, जिल्ला युवा क्लब संजाल बा“केको आयोजना जनमत अद्र्ध साप्ताहिक पत्रिकाको समन्वयमा क्षेत्रीय रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोग र प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा ४ महिलासहित ५२ जना युवाहरुले रक्तदान गरेका छन् । महिलाहरुमा रक्तदान गर्ने भावनाको विकास अझै ब्यापक बन्न नसकेको […]

सम्बन्धित