नर्सिङ्ग दिवशमा बाँकेका स्वास्थ्यकर्मीद्वारा रक्तदान

सदरलाइन संवाददाता २९ बैशाख २०८०, शुक्रबार ०९:२४
 

नेपालगञ्ज : अस्पतालहरुमा उपचारको लागि रगत अभाव हुन नदिने उद्देश्यले अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा बाँकेका स्वास्थ्यकर्मीहरुको पहलमा नेपाल रेडक्रस सोसाइटी नेपालगञ्जमा रक्तदान कार्यक्रम गरिएको छ ।

नर्सिङ सङ्घ बाँकेको आयोजनमा भएको सो रक्तदानमा भेरी अस्पतालका निमित्त मेसु डाक्टर राजन पाण्डे, अस्पतालका नर्सिङ प्रशासक दुर्गालक्ष्मी क्षेष्ठ, नर्स झरना केसिलगायत दर्जन बढि स्वास्थ्यकर्मिको सहभागिता थियो ।


नर्सिङ दिवसमा डाक्टर पाण्डे पहिलो रक्तदाता बनेका थिए । नर्सिङ प्रशासक क्षेष्ठले सहजिकरण गरेको कार्यक्रमका सहभागि स्वास्थ्यकर्मी रक्तदान नै जीवनदान भएकोले आमनागरिकले रक्तदान गर्नपर्ने बताउँछन ।

बढ्दो गर्मीसंगै अस्पतालमा उपचारको लागि आउने विरामीलाई उपचारमा आवश्यक पर्ने रगत अभाव रहेको वेला सगठनात्मक रुपमा गरीएको यो कामले ठूलो पुण्य हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

२९ बैशाख २०८०, शुक्रबार ०९:२४
नेपालगञ्ज : दाङको घोराहीमा बसले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराहीको आर्मी ब्यारेक नजिकै रा १ ख १२०१ नम्बरको बसले रा ३ प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर रोल्पाको रुन्टीगढी गाउँपालिका–३ का २१ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दुर्घटनामा परि गम्भीर […]