करेन्ट लागेर बाँकेमा एकजनाको ज्यान गयो

सदरलाइन संवाददाता ४ मंसिर २०८०, सोमबार १३:४१
 

नेपालगञ्ज : बाँकेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । खजुरा गाउँपालिका– १ का पूर्ण लम्सालले आफ्नो माछापोखरीमा राखेको करेन्ट लागि सविन रानाको मृत्यु भएको हो ।

माछा चोरी हुने गरेपछि लम्सालले पोखरी वरिपरि करेन्ट फिट गरेका थिए । जालसहित पोखरीमा गएका रानालाई त्यही करेन्ट लागेको हो ।


रानासँग अर्काे एक जना पनि गएको खुलेको छ । घटनाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुकुमपश्चिम जिप दुर्घटना : गम्भीर घाइते दुईको मृत्यु

४ मंसिर २०८०, सोमबार १३:४१
नेपालगञ्ज : रुकुमपश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा छन् । बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको […]