तिहार सकिएसँगै छठको रौनक शुरु

सदरलाइन संवाददाता ११ कार्तिक २०७९, शुक्रबार १३:४५
 

नेपालगञ्ज : तिहार पर्व सकिएको छ । बिहीवार भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । बिहीवार दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका थिए ।

यस्तै दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए । भाइटीकासँगै झिलिमिलीको पर्व तिहार सकिएको छ ।

यसैबीच तिहार सकिएसँगै छठ पर्वको रौनक शुरु भएको छ । विशेषतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ । तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।


तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको भिडभाड छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला, अदुवाको बोट पर्छन् ।

अहिले छठपर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाई गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका काम पनि धमाधम भइरहेका छन् । पर्सि छठको मुख्य दिन हो । छठ पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढ्यो

११ कार्तिक २०७९, शुक्रबार १३:४५
नेपालगञ्ज : छठ पर्व नजिकिएकाले माटोका भाँडाको माग बढेको छ । नेपालगञ्जमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ । सीमावर्ती बजारमा भारतीय माटाका भाडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको हो । नेपालगञ्ज बजारका विभिन्न ठाउँमा माटाका भाँडा बिक्री हुँदै आएका छन् । सांस्कृतिक पर्वमा […]

सम्बन्धित