दाङका कोरोना संक्रमितको बाँकेमा मृत्यु

सदरलाइन संवाददाता ११ माघ २०७७, आईतवार १२:०६
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा एकजनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ६ का ६५ बर्षीय पुरुषको शनिवार राती पौने १२ बजे मृत्यु भएको हो ।

माघ २ गते कोरोना पुष्टि भएका उनी त्यसै दिन भेरीको कोभिड आइसोलेशन वार्डमा भर्ना भएका थिए । रोगको प्रकृतिअनुसार सबै उपचार गरिएपनि उनको मृत्यु भएको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


योसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ८६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Next Post

विवाह बन्धनमा बाँधिए प्रदेश १ का मुख्यमन्त्री

११ माघ २०७७, आईतवार १२:०६
काठमाण्डौ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् । उनी आइतवार विवाह बन्धनमा बाँधिएका हुन् । भोजपुर निवासी ४९ वर्षका राईले संखुवासभा निवासी २३ वर्षीया मोडल जाग्मु शर्पासँग विवाह गरेका छन् । काठमाडौंको एक पार्टी प्यालेसमा उनीहरुको विवाह भएको थियो । विवाह दुलहीको तर्फबाट शेर्पा विधिअनुसार […]