भदौंमा मिस्टर नेपालगञ्जको दोस्रो अडिसन हुने

सदरलाइन संवाददाता १५ श्रावण २०७८, शुक्रबार १६:००
 

नेपालगञ्ज : नेपालगञ्जमा मिस्टर नेपालगञ्जको दोस्रो अडिसन हुने भएको छ । शुक्रवार पत्रकार सम्मेलन गरेर आउने भदौमा प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्था सयपत्री फाउन्डेशनका सदस्य प्रेमा ओलीले बताइन् ।

उक्त प्रतियोगितामा १४ बर्षदेखि २८ बर्षसम्मका अबिवाहित पुरुषले भाग लिन सकिने आयोजकले जनाएको छ । २०१९ मा सम्पन्न गरेको मिस्टर नेपालगञ्ज कोरोना संक्रमणका कारण २०२० मा सम्पन्न गर्न सकेको थिएन ।


अहिले प्रतियोगितालाई निरन्तरता दिँदै आयोजकले मिस्टर नेपालगञ्जको दोस्रो सिजन आयोजना गर्न लागेको छ । त्यसका लागि मिस्टर नेपालगन्जको फेसबुक पेजबाट सम्पर्क गरेर फरम भर्न सकिने आयोजक टिमका सदस्य सुबास खड्काले बताए ।

राजिस्ट्र्शनबाट आएका प्रतिस्पर्धीलाई अडिसनबाट छनोट गरेर टे«निङ गराई प्रतियोगिताको अन्तिमसम्म प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धाबाट छनोट भएका ३ जना बिजेतालाई नगद पुरस्का, प्रमाणपत्र सहित बिभिन्न समाजिक र मोडलिङका क्षेत्रमा अगाडी बढाइने आयोजक टिममा सदस्य राज भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शुक्रवार बाँकेमा १३ जनामा कोरोना पुष्टि

१५ श्रावण २०७८, शुक्रबार १६:००
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप १३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको बाहिरी जिल्लाका समेत गरी १५३ नमुना परीक्षणमा बाँकेका ४ जनासहित १३ जनामा कोरोना पुष्टि भएको छ । कोरोनाबाट थप कसैको मृत्यु भएको छैन । भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जना, मेडिकलमा कलेज कोहलपुरमा […]