बाँके–बर्दियामा पाटेबाघको गणना अन्तिम चरणमा

सदरलाइन संवाददाता २८ फाल्गुन २०७८, शनिबार १३:२५
 

नेपालगञ्ज : बाँके–बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ गणनाको काम अन्तिम चरणमा पुगेको छ । गत मङ्सिर २९ गते बर्दिया राष्ट्रिय निकुञ्जबाट शुरु गरिएको बाघ गणना बाँके निकुञ्जमा पुगेर सम्पन्न हुने चरणमा पुगेको हो ।

‘ए बी सी र डी’ गरेर चार वटा क्षेत्र बनाई शुरु गरिएको बाघ गणना हाल आएर ‘डी’ क्षेत्रमा भइरहेकाले सो क्षेत्रको सकिएपछि गणना सम्पन्न हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए ।

उनले ‘डी’ क्षेत्रमा पर्ने बाँके राष्ट्रिय निकुञ्ज र राप्तीपारिको दाङसँग सीमा जोडिएको क्षेत्रमा अहिले बाघ गणनाका लागि प्राविधिक खटिएको जनाउँदै केही दिनमै सकिने बताए ।


बाघ गणनाका लागि बाँके–बर्दिया निकुञ्ज क्षेत्रलाई चार वटा क्षेत्रमा छुट्याइएको थियो । बर्दिया राष्ट्रिय निकुञ्जलाई ‘ए’ र ‘बी’ क्षेत्र तथा ‘सी’ क्षेत्रमा बर्दिया र बाँके निकुञ्जको केही भागलाई समेटिएको थियो ।

‘डी’ क्षेत्रमा भने पूरै बाँके राष्ट्रिय निकुञ्ज र त्यसको मध्यवर्ती क्षेत्रअन्तर्गतको भू–भाग समेटिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा.रविन कडरियाले यस क्षेत्रको बाघ गणनाको काम अन्तिम चरणमा रहेको जानकारी दिए । उनले विगतको तुलनामा बाघको सङ्ख्या वृद्धि भएको पाइएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका पाँच स्थानीय तहमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम शुरु

२८ फाल्गुन २०७८, शनिबार १३:२५
नेपालगञ्ज : बाँकेका पाँच वटा स्थानीय तहमा लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम शुरु गरिएको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम बाँकेका आठ पालिकामध्ये अहिले पाँच पालिकामा सञ्चालन भइरहेको छ । कार्यक्रम शुरु भएका पालिकाहरूमा नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका र जानकी गाउँपालिका रहेका छन् । […]