बाँकेका सहकारी अब स्थानीय तह मातहत

२६ चैत्र २०७४, सोमबार ०९:२८
 

सदरलाइनडटकम 
२६ चैत, नेपालगन्ज  : संविधानले निर्दिष्ट गरे अनुरुप सबै सरकारी कार्यालयहरु स्थानीय तहमा समायोजन हुने क्रम बढ्दो छ । यस क्रममा बाँकेका सहकारी अब स्थानीय तह मातहत आएका छन् । स्थानीय तहका पदाधिकारीलाई एक समारोहबीच सहकारीको अभिलेख हस्तान्त्रण गरिएको छ ।
सहकारी तथा डिभीजन कार्यालय नेपालगन्जद्वारा आयोजित स्थानीय तहका पदाधिकारी तथा अधिकृतहरुको दुई दिने अभिमुखीकरण तथा स्थानीय तहमा अभिलेख हस्तान्त्रण कार्यक्रममा सम्पूर्ण रेकर्ड जनप्रतिनिधीलाई हस्तान्त्रण गरिएको हो ।
जिल्ला समन्वय समितिका उपप्रमुख ज्ञानेन्द्र चौधरीले बाँकेका आठ वटै तहका पदाधिकारीलाई अभिलेख हस्तान्त्रण गरेका हुन ।
बाँकेमा सञ्चालनमा रहेका ४ सय ७ वटा सहकारी मध्ये दुई ७५ वटा सहकारी अब स्थानीय तह मातहमा रहेर सञ्चालन हुने छन् । जिल्लाका एक सय ३० वटा सहकारी प्रदेश सरकार र एक वटा केन्द्रमा रहने गरि सञ्चालन हुनेछन् ।
उपप्रमुख चौधरीले स्थानीय तहमार्फत सहकारी सञ्चालन हुनुले आम जनतालाई सहज र प्रभावकारी सेवा प्रवाहमा मद्यत पु¥याउने विश्वास व्यक्त गरे ।
उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले स्थानीय आवश्यक्ता र माग अनुसार सहकारी सञ्चालन हुनुपर्ने बताईन । सो समारोहमा राष्ट्रिय सहकारी विकास वोर्डका देवबहादुर केसी, जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादव, सहकारी संघ बाँके अधयक्ष पे्रम सुवेदी, सहकारी निरिक्षक धनबहादुर खत्रीले शुभकामना ब्यक्त गरेकोे सहकारी निरिक्षक नन्दराम न्यौपानेले जानकारी दिए । जनप्रतिनिधी, कर्मचारी सहभागी कार्यक्रममा विभागीय उपसचिव आनन्द सारु, शाखा अधिकृत हरिसिंह साउँदले सहकारी सञ्चालन, नियमन र वैकिङ लगायतका विषयमा सहजीकरण गर्नेछन् ।


Next Post

जिभिएनले बिद्यार्थीलाई छात्रबृद्धि दिने

२६ चैत्र २०७४, सोमबार ०९:२८
सदरलाइनडटकम २६ चैत, नेपालगन्ज : नेपालगन्ज—१२ चारवाहिनीरोडस्थित ज्ञानोदय बिद्या निकेतन (जिभिएन)ले जिल्लामै पहिलो पटक आफ्नो बिद्यालयका बिद्यार्थीहरुलाई छात्रबृद्धि बितरण योजना सार्वजनिक गरेको छ ।  बिद्यालयमा २०७५ का लागि भर्ना हुने बिद्यार्थीहरुका लागि शतप्रतिशत छात्रबृद्धि दिइने प्राचार्य मानबहादुर थापाले जानकारी दिएका छन् । प्राचार्य थापाका अनुसार, कक्षा १ देखि ९ सम्ममा […]