नेपालगञ्ज : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि उम्मदवारहरुले प्रचारप्रसार तीब्र बनाएका छन् । घरदैलोमा व्यस्त उम्मेदवारहरु मतदातालाई भेटिरहेका छन् ।
यसैक्रममा नेपाली कांग्रेसको तर्फबाट बाँकेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार सुदिप नरसिंह राणा र प्रदेशसभा क्षेत्र नम्बर २(१) का उम्मेदवार राजकुमार बर्मा पनि घरदैलोमा व्यस्त छन् । उम्मेदवारद्वयले शुक्रवार विहान वडा नम्बर १९ मा घरदैलो गरेका छन् ।
उनीहरुले संविधान रक्षा, सुशासन, विकास र समृद्धिका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन् ।