कोरोना संक्रमणबाट बाँकेकी एक महिलाको मृत्यु

सदरलाइन संवाददाता १९ माघ २०७७, सोमबार १६:३५
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर वडा नं. १४ की ६८ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा सोमवार अपरान्ह मृत्यु भएको हो ।

माघ १० गते पीसीआर रिपोर्ट पोजेटिभ आएपछि सोही दिन अस्पतालमा भर्ना भएकी ती महिलाको रोगको प्रकृतिअनुसार उपचार गर्दा समेत उनको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


योसँगै कोरोना संक्रमणबाट बाँकेमा ५३ जनाको मृत्यु भईसकेको छ ।

Next Post

खजुरा गाउपालिका भित्रका सामुदायिक विद्यालयबीच अतिरिक्त कृयाकलाप

१९ माघ २०७७, सोमबार १६:३५
खजुरा (बाँके) : बाँकेको खजुरा गाउपालिकाले शहिद दिवसको अवसर पारेर पालिका क्षेत्रका बालबालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनको लागि विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गरी सम्पन्न गरेको छ । खजुरा गाउपालिका शिक्षा शाखाको आयोजनामा पालिकामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीबीचमा कबिता प्रतियोगिता, वक्तृत्व प्रतियोगिता र चित्रकला प्रतियोगिता गराईएको गाउपालिकाका शिक्षा शाखा प्रमुख खगन्द्रबहादुर […]

ताजा अपडेट