बैतडीमा जीप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु

सदरलाइन संवाददाता २९ चैत्र २०७९, बुधबार १४:२५
 

बैतडी : बैतडीमा जीप दुर्घटना हुदाँ एकै गाउँका ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको केदारस्यू गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मान बहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय बिरे धामी रहेका छन् ।

जीपमा सवार ५जना यात्रुहरु हाम फालेर बाच्न सफल भएका छन् । बैतडीको झुलाघाटबाट बझाङको बाग्थला जादैँ गरेको से १ ज ७६४ नम्बरको जिप पाटन नगरपालिका ८ झौलेकमा मंगलवार राती ११ बजे दुर्घटना भएको हो ।


जयपृथ्बी राजमार्ग अन्तरगत पर्ने झौलेक मोडस्थित उकालोमा ब्रेक फेल भएर जिप दुर्घटना भएको अनुमान गरिएको छ । जीप चालक सम्पर्कबिहिन छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला र स्थानीय विपद् कार्यसञ्चालन केन्द्रबीच प्रभावकारी समन्वयमा जोड

२९ चैत्र २०७९, बुधबार १४:२५
नेपालगञ्ज : बाँकेमा विपद् व्यवस्थापनका लागि जिल्ला र स्थानीय विपद् कार्यसञ्चालान केन्द्रहरुबीच प्रभावकारी समन्वय र सहकार्यमा जोड दिइएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको आयोजनामा भएको समन्वय बैठकमा विपद् व्यवस्थापन कार्यमा स्थानीय तहहरुको प्रभावकारी भूमिकाले विपद् जोखिम न्यूनीकरणमा टेवा पुग्ने बताइएको छ । बैठकमा सबै स्थानीय तह तथा जिल्लामा […]

सम्बन्धित