महरालाई तीन दिन हिरासतमै राख्न आदेश

२८ आश्विन २०७६, मंगलवार १८:०३
 

सदरलाइनडटकम,
काठमाण्डौं : प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

उनीमाथि संघीय संसदकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका हुन ।

१५ असोजमा सभामुख पदबाट राजिनामा दिएका महरालाई जिल्ला अदालतको आदेशमा गत १९ असोजमा प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको थियो ।


उनी दसैंको बिदाको दिन अर्थात् अष्टमीमा पक्राउ परेका कारण अदालत बन्द भएपछि प्रहरी हिरासतमा थिए ।

मंगलबार अदालत खुलेसँगै महरालाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालत पेस गरेको थियो ।

महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले पक्राउ गरेपछि महरालाई प्रहरी वृत सिंहदरबारको हिरासतमा राखिएको थियो । हिरासतमा रहेकै बेला उच्च रक्तचापको समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिम अस्पताल भर्ना गरिएको थियो ।

Next Post

वडाध्यक्षसहित सात जुवाडे पक्राउ

२८ आश्विन २०७६, मंगलवार १८:०३
सदरलाइनडटकम, कैलाली : जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलवार राति जुवा खालबाट वडाध्यक्ष, सरकारी कर्मचारीसहित सात जनालाई पक्राउ गरेको छ । धनगढी उप महानगरपालिका ३ बाट बाजुराको खप्तड छेडे दह गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावत, नेपाल आयल निगम धनगढीका उप प्रबन्धक नरबहादुर ऐर, खाद्य संस्थानका एक जना कर्मचारी […]

सम्बन्धित