२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार
९औ राष्ट्रिय खेलकुदको पूर्वसन्ध्यामा

खेलकुद मन्त्रीकै गृह जिल्लामा खेलकुदको अवस्था अत्यन्त नाजुक



फाईल तस्बीर

नेपालगञ्ज : आगामी असोजको २८ गतेदेखि पोखरामा सुरु हुने ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अत्यन्तै फितलो भएको गुनासो खेलाडि बृत्तबाट आएको छ ।

बाँके खेलकुद मन्त्री महेश्वरजंग गहतराजको गृहजिल्ला हो । उनकै गृहजिल्लाका खेलाडिले ९औ राष्ट्रिय खेलकुदको तयारी तथा छनौट अत्यन्तै फितलो र लापरवाही तरिकाले भएको गुनासो खेलाडि बृत्तबाट आएको हो ।

खेलकुदमा नयाँ आयाम थप्ने उद्घोष गरेका खेलकुद मन्त्री अथकको गृहजिल्लाका सुटिङ्ग खेलमा पदकको आशा गरिएका खेलाडिहरु खेल प्रशिक्षण तथा खेल्नको लागि आवश्यक गन नभएर ईटाको प्रयोग गरेकोे कुरा बहिरीए लगत्तै पुरानो र जिर्ण राईफल विष्फोट भएर दुई खेलाडि गम्भीर घाइते भएका छन् ।

उनीहरु प्रशिक्षणको क्रममा जिर्ण राईफलको ग्याँश विष्फोट भएको थियो । यसैगरी सुटिङ्गको कम्प्लेक्समा विद्युत जडान हुन नसक्दा समेत तयारी प्रभावित भएको उनीहरुको गुनासो छ । ‘ज्यान जोखिममा राखेर तयारी गर्नु परेको छ । विद्युत छैन खेल आयोजना गरेको बेलामा मात्र भाडा तिरेर विद्युत जडान गरिन्छ अरुवेला विद्युत नभएरै काम चलाउने गरिन्छ’–परिचय नखुलाउने शर्तमा एक खेलाडिले दुखेसो पोखे ।

सुटीङ्गको जस्तै बेहाल मार्शल आर्टको छ । खेल क्षेत्रमा आमुल परिवर्तनको डंका पिट्न पछिनपर्ने खेलकुद मन्त्रालयको त्रासका खारण खेलाडि त्रासैत्रासमा खेल्नु परेको गुनासो गर्छन । तयारी र छनौटका क्रममा दुईजनाको हात खुट्टा फ्यक्चर हुँदा पनि कसैले उनीहरुको उपचारको वास्ता नगरेको गुनासो आएको छ ।

‘कसैले चुक्क केही बोलेमा वा जाहेज कुरा राखेमा अनुशासनको कारण देखाएर कारवाही गर्ने वा किनारा लगाउदै सत्ता गठबन्धनको हिमायतीलाई मात्र काखि च्याप्ने गरिन्छ’– ती व्यक्तिले भने । ९औ खेलकुद प्रतियोगिता सुरु हुन अब केही दिन मात्र बाँकी हुँदा खेलकुद मन्त्रीकै गृह जिल्लामा यस्तो हालत छ । अन्य जिल्लाको अवस्था के होला आंकलन मात्र गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिबार
ताजा समाचार