छोराको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ

सदरलाइन संवाददाता १४ आश्विन २०७९, शुक्रबार १४:२९
 

बर्दिया : दुई दिनअघि छोराको हत्या गरी फरार भएका बारबर्दिया नगरपालिका–११, बर्दियाका लौरंगलाल थारुलाई प्रहरीले पक्राउ गरेको छ ।

४५ वर्षीय लौरंगले यही असोज १२ गते आफ्नो २० वर्षीय छोरा विवेकलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरेका थिए । विवेकको सोही दिन अस्पतालमा लैजाने क्रममा मृत्यु भएको थियो ।


सोही दिनदेखि फरार रहेका लौरंगलाई शुक्रवार बिहान साढे १० बजे बर्दियाको गुलरिया नगरपालिका–११ इन्द्रपुर गाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका प्रमुख विष्टलाई डेंगु

१४ आश्विन २०७९, शुक्रबार १४:२९
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टलाई डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु पुष्टि भएपछि बिष्ट अस्पताल भर्ना भएका छन् । बुधबार साँझदेखि उच्च ज्वरो र जिउ दुख्ने समस्या देखिएपछि विष्टले बिहीवार स्वास्थ्य जाँच गराएका थिए । उनी शुक्रवार नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका छन् । विष्ट मेडिकल […]