पश्चिमी वायुको प्रभावले हिमपात र पानी पर्ने

१७ पुष २०७६, बिहीबार १६:०९
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : पश्चिम र मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा अहिले वर्षा र हिमपात भईरहेको छ । पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात भईरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मन्जु बासीले जानकारी दिइन् । अहिले बैतडी, डडेलधुरा, डोटी, हुम्ला, मुगु, डोल्पा, मनाङ, मुस्ताङलगायत जिल्लाको उच्च पहाडी क्षेत्रमा हिउँ र पहाडी क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिम पहाडका केही क्षेत्रमा असिना पानीसमेत परेको छ । बुधवार रातिदेखि उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले बताएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको बैतडीको खोड्पेका मोहन विष्टले बताए । हिमपातका कारण बैतडीमा विद्युत सेवा पनि अवरुद्ध भएको छ ।
बिहीवार पश्चिमको मौसम पूर्णरुपमा बदली हुने तथा मध्य र पूर्वी भेगमा मौसम एकैछिन खुले पनि फेरि बादल लागिहाल्ने मौसमविद् बासीको भनाई छ । शुक्रवार भने देशभरकै मौसम बदली भई विभिन्न ठाउँमा पानी र हिउँ पर्ने देखिएको छ ।
तर लगातार झरीको सम्भावना भने नरहेको बासीले बताए । वर्षा र हिमपात भएसँगै देशभर नै चिसो बढ्ने भएकाले स्वास्थ्यको ख्याल गर्न मौसमविद्ले सुझाव दिएका छन् ।

Next Post

हेलिकोप्टर दुर्घटनामा ताइवानका सेना प्रमुखसहित आठको मृत्यु

१७ पुष २०७६, बिहीबार १६:०९
सदरलाइनडटकम, काठमाण्डौ : ताइवानमा हेलिकोप्टर दुर्घटना हुँदा ताइवानका सेना प्रमुख शेन यी–मिङको निधन भएको छ । राजधानी ताइपेई नजिकै पहाडी इलाकामा हेलिकोप्टर दुर्घटना भएको हो । हेलिकोप्टरमा सेना प्रमुखसँगै १३ जना सवार रहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । ताइवानको आधिकारिक केन्द्रीय समाचार संस्थाले सेना प्रमुखकको निधन भएको पुष्टि गरेको […]