उद्योग बाणिज्य संघको चुनावी सरगर्मी बढ्दै

सदरलाइन संवाददाता २६ श्रावण २०८०, शुक्रबार १४:१५
 

नेपालगञ्ज : आगामी भदौ २ गते हुने उद्योग बाणिज्य संघको निर्वाचन नजिकिँदै गर्दा नेपालगञ्जमा चुनाव सरगर्मी बढेको छ । यति बेला चुनाबी मैदानमा साझा प्रजातान्त्रिक प्यानल र समावेशी प्यानल चुनावी प्रतिस्पर्दामा उत्रिएका छन । साझा प्रजातान्त्रिक प्यानलको नेतृत्व ललित कुमार रौनियारले गरेका छन् भने समावेशी प्यानलको नेतृत्व टंक बहादुर धामीले गरेका छन् ।

अहिले दुवै प्यानल आ९आफ्नै चुनावी अभियानमा सक्रिय छन् । रौनियार पटक पटक बाणिज्य संघको निर्वाचनमा उम्मेदवार हुँदै आएको र अहिलेसम्म अध्यक्ष पदमा निर्वाचित हुन नसकेको भन्दै उद्योगी व्यवसायी रौनियारको पक्षमा खुलेका देखिँदैनन् । उद्योगी व्यवसायिकहरुको हक हितमा काम गर्ने संस्थाको रुपमा रहेको संघमा सक्षम, निरडर, योग्य र व्यापारी तथा उद्योगीहरुको पक्षमा काम गर्ने नेतृत्व चाहिएको व्यापारीहरु बताउँछन् ।

यति बेला नेपालगञ्जतिरको चुनावी सारगर्मी हेर्ने हो भने यस पटक पनि समावेशी प्यानललाई नै उद्योगी ब्यापारीहरुले मतदान गर्ने देखिन्छ । नेपालगञ्ज बजार क्षेत्रमा अधिकांश व्यापारीहरुले धामी नेतृत्वको समावेशी प्यानललाई मतदान गर्ने बताउने गरेका छन् ।

बाणिज्य संघमा नेपालगञ्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, नरैनापुर गाउँपालिका, जानकी गाउँपालिका, राप्तिसोनारी गाउँपालिका र डुडुवा गाउँपालिकाका उद्योगी व्यापारीहरु मतदाता रहेका छन । सबै क्षेत्रको मत सर्वेक्षण गर्दा यस पटक पनि धामी नेतृत्वको समावेशी प्यानलले नै बाजी मार्ने देखिन्छ । ग्रामिण भेगमा धामी निकै लोकप्रीय देखिएका छन् ।


समावेशी प्यानललाई जिताउन संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल बैश्य र वर्तमान अध्यक्ष अब्दुल मन्सुरीसमेत लागिपरेका छन् ।

घरदैलो अभियानमा रहेका दुबै उम्मेदवारमध्ये रौनियारलाई कमजोर उम्मेदवारका रुपमा व्यापारीहरुले चित्रण गरिरहेका छन भने कतिपय व्यापारीहरुले आफ्नो मत जित्ने उम्मेदवारलाई दिने बताउँदै आएका छन । यसपालि पनि समावेशी प्यानल उद्योगी व्यापारीहरुको रोजाइमा रहेको बैजनाथ गाँउपालिकामा ब्यवसाय सञ्चालन गर्दै आएका एक ब्यापारीले बताए ।

समावेशी प्यानलको टंक बहादुर धामी नेतृत्वमा उपाध्यक्ष (उद्योग)तर्फ चिरञ्जीवि ओली, उपाध्यक्ष (वाणिज्य) तर्फ हरिलाल न्यौपाने, उपाध्यक्ष महिलातर्फ मन्दिरा पाण्डे, महासचिवमा भीम बहादुर रानाभाट, उपमहासचिवमा मदनराज शर्मा, कोषाध्यक्षमा सलाउद्दिन जसगढ र सदस्य पदमा इन्दिराकुमारी शाही, तोप बहादुर थापा, विष्णु श्रेष्ठ, बुद्धिबहादुर दियाली, सुदन केसी, शिवराज बर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुदिन अन्सारी, टिकामणि उपाध्याय, डम्बर चन्द रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धान रोप्ने बेलामा गहुँ भित्र्याउन व्यस्त किसान

२६ श्रावण २०८०, शुक्रबार १४:१५
कालीकोट : कालीकोटको भारपाटामा यती बेला गहुँ पाकेर पहेँलै भएको छन् । पचालझरना गाउँपालिका–३ खार्दुको भारपाटा र गरपाटा क्षेत्रमा किसान गहुँ काट्न र भित्र्याउन व्यस्त छन् । औल अर्थात् बेसी तिरको रोपाइँ सकेर किसान लेखमा लगाएको गहुँ भित्र्याउन लागेका हुन् । भदौको अन्तिममा छरेको गहुँ एक वर्षमा पाक्ने गर्छ । […]