राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोट

सदरलाइन संवाददाता ३१ भाद्र २०७९, शुक्रबार १६:१०
 

नेपालगञ्ज : शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोटमा परेका छन् ।

युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का साँसद महेश्वर गहतराज (अथक) को पहलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँकेका १५ वटा विद्यालयमा पक्की भवन निर्माण तथा ८ विद्यालयमा सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोट गरेको हो ।

छनौट भएका विद्यालयमध्ये १० वटा विद्यालयमा चार कोठे पक्की भवन निर्माण हुनेछ भने ५ वटा विद्यालयमा २ कोठे पक्की भवन निर्माण गरिने छ । चारकोठे भवन निर्माणका लागि कोहलपुरको नेपाल राष्ट्रिय आ.वि. चन्नहवा, जनज्योती आ.वि. झण्डहवा र राम मा.वि. हवल्दारपुर छनौट भएका छन् भने बैजनाथको सुर्योदय मा.वि.मा समेत चार कोठे पक्की भवन निर्माण हुने भएको छ ।

त्यसैगरी राप्तीसोनारीको नेपाल राष्ट्रिय मा.वि. गुलरी, जनशक्ती मा.वि बालापुर, भुवर भवानी मा.वि. बिनौना तथा नेपाल राष्ट्रिय मा.वि. कोदरवेटवा छनौट भएका छन् ।


त्यसैगरी दुई कोठे पक्कि भवनका लागि कोहलपुरको नेपाल राष्ट्रिय आ.वि. लखनवार, बैजनाथको वागेश्वरी मा.वि., राप्तीसोनारीको नेपाल राष्ट्रिय मा.वि. अगैया, बालशान्ती आ.वि. भेलुनिया र नरैनापुरको नेपाल राष्ट्रिय आ.वि. शंकरनगर कोटीया छनौटमा परेका छन् ।

छनौटमा परेका विद्यालयहरुले चार कोठा पक्की भवनका लागि प्रति विद्यालय ४५ लाख र दुई कोठे भवन निर्माणका लागि २२ लाख ५० हजार दरले बजेट प्राप्त गर्ने छन् ।

कार्यक्रमअन्तर्गत कृष्ण मा.वि. कोहलपुर, जन ज्ञानज्योती मा.वि. कोहलपुर, जनजागरण आ.वि. बैजनाथ, जनसहयोगी आ.वि. बैजनाथ, गणेश आ.वि. ढकेरी, शिवशक्ती मा.वि. पेरानी, जनशक्ती मा.वि. बैजापुर र नेपाल राष्ट्रिय आ.वि. नरैनापुर सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागी छनौट भएका छन् । छनौट भएका विद्यालयहरुमा (सूचना तथा प्राविधि प्रयोगशाला) निर्माणका लागि प्रति विद्यालय ६ लाख ५० हजारका दरले बजेट बिनियोजन गरीएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्री अथककै पहलमा यसअघि बाँकेमा १०० भन्दा बढि पक्की कक्षा कोठा निर्माण भईसकेका छन् । विद्यालयबाट टिनको छाना बिस्थापित गर्ने अभियान अन्तर्गत मन्त्री अथकको पहलमा चालु आर्थिक वर्षमा थप १५ वटा विद्यालयमा ५० वटा पक्की कक्षा कोठा निर्माणकालागि बजेट विनियोजन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती नदीले खतराको तह नाघ्यो, सतर्कता अपनाउन आग्रह

३१ भाद्र २०७९, शुक्रबार १६:१०
नेपालगञ्ज : बाँकेस्थित राप्ती नदीले खतराको तह पार गरेको छ । अविरल वर्षाका कारण कुसुमस्थित राप्ती नदीमा पानीको सतहले ६ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । दिउँसो पौने १ कुसुममा नदीको सतह ६.१७ मिटर पुगेको जिल्ला प्रशासन कार्यालय बाँकेले […]