राप्ती नदीले खतराको तह नाघ्यो, सतर्कता अपनाउन आग्रह

सदरलाइन संवाददाता १ आश्विन २०७९, शनिबार १२:४५
 
फाइल तस्बिर

नेपालगञ्ज : बाँकेस्थित राप्ती नदीले खतराको तह पार गरेको छ । अविरल वर्षाका कारण कुसुमस्थित राप्ती नदीमा पानीको सतहले ६ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।

दिउँसो पौने १ कुसुममा नदीको सतह ६.१७ मिटर पुगेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । पहाडी जिल्लामा अत्यधिक वर्षा भएका कारण राप्ती नदीमा पानीको सतह बढेको हो ।


राप्ती नदीले खतराको तह पार गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको छ । राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दी लगायत स्थानमा बाढी आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अछाम पहिरो : १४ जनाको शव भेटियो, ९ जना बेपत्ता

१ आश्विन २०७९, शनिबार १२:४५
नेपालगञ्ज : अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । उनका अनुसार पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ […]

सम्बन्धित