सदरलाइनडटकम,
नेपालगञ्ज : थरूहट थारूवान राष्ट्रिय मोर्चाले आह्वान गरेको दुई दिने बन्दका कारण बाँकेसहित पश्चिम नेपालको जनजीवन प्रभावित भएको छ । बन्दको दोस्रो दिन बुधवार बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायतको जनजीवन प्रभावित भएको हो ।
नेपालगञ्जमा भने बन्दको सामान्य प्रभाव परेको छ । सरकारले मोर्चासँग विगतमा गरेका विभिन्न सहमति कार्यान्वयन नगरेको भन्दै मोर्चाले देशैभर दुई दिन बन्दको घोषणा गरेको हो ।
बन्दका कारण पश्चिम क्षेत्रबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनहरू सञ्चालन हुन सकेको छैन । निजी तथा सामुदायिक विद्यालय र बजारहरू समेत पूर्ण रूपमा ठप्प भएका छन् ।
