कोरोनाबाट भेरीमा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता १ आश्विन २०७८, शुक्रबार १३:५१
 

नेपालगञ्ज : कोरोना संक्रमणबाट बाँकेमा शुक्रवार थप एक जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ५ की ५८ वर्षीया महिलाको मृत्यु भएको हो ।

भदौ २९ गते भेरी अस्पतालमा भर्ना भएकी उनलाई भदौ ३० गते कोभिड पुष्टि भएको थियो । उनको स्वास्थ्यमा सुधार नआउँदा शुक्रवार विहान साढे ११ बजे मृत्यु भएको कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


योसँगै बाँके जिल्लाको मृतक संख्या ३ सय ३० पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका मृतक संख्या ४ सय १२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा निःशुल्क शिविर

१ आश्विन २०७८, शुक्रबार १३:५१
नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिका स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा शनिवार एकदिने निःशुल्क मुटुरोग तथा पाठेघरको मुखको क्यान्सरको पहिचान शिविर हुने भएको छ । मुटुको भिडियो एक्सरे इको मेशिनको शुभारम्भको उपलक्ष्यमा शिविरको आयोजना गरिएको अस्पतालका निर्देशक डा कृष्ण आचार्यले जानकारी दिए । शिबिरमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाण्डौका […]