बाँके ट्राफिक प्रहरीले ‘राडर गन’ प्रयोगमा ल्याउँदै

सदरलाइन संवाददाता २८ श्रावण २०७९, शनिबार १५:१५
 

नेपालगञ्ज : दुर्घटना न्यूनिकरण गर्न बाँके ट्राफिक राडर गनसहित सडकमा खटिने भएको छ । तीव्र गतिका कारण दुर्घटना बढ्ने हुँदा दुर्घटना न्यूनिकरण गर्न बाँकेका सडकहरुमा राडर गनसहित ट्राफिक प्रहरी चाँडै खटिने भएको छ ।

अत्यधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोगका लागि सबै बजेट आइसकेको हुँदा अब चाँडै खरिद गरिने जिल्ला ट्राफिक प्रहरी बाँके प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए ।

तीव्र गतिका कारण अधिकतम सडक दुर्घटना हुने गरेको तथ्याङक देखिएकाले उक्त दुर्घटनामध्ये अधिकांश नेपालगञ्ज–कोहलपुर सडक खण्ड र पुर्व–पश्चिम् राजमार्गमा दुर्घटना हुने हुँदा दुर्घटना न्यूनिकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गर्न राडर गन ल्याउन लागिएको ट्राफिक प्रमुख शाहले बताए ।


जिल्लाका महत्त्वपूर्ण राजमार्गहरुमा तीव्र गतिले सवारी दुर्घटना बढदै गइरहेकोमा त्यस प्रकारका सवारी दुर्घटना न्यूनिकरण गर्न यो अभियान शुरु गर्ने अभियान साथ अघि बढेको शाहले बताए ।

उक्त राडर गनले १०० मिटर भन्दा टाढाका सवारीसाधनको स्पीडको दुरी सहजै मापन गर्ने र उक्त सवारीसाधनका तस्बिर समेत खिच्ने हुँदा राजमार्गमा गुडेका ६० किलोमिटर प्रति घण्टाभन्दा बढी हाँक्ने सवारीसाधनलाई नियन्त्रणमा लिन सहज हुने ट्राफिक प्रहरी शाहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महानन्द ढकालको उपन्यास ‘बुह्रान’को बिमोचन

२८ श्रावण २०७९, शनिबार १५:१५
कोहलपुर (बाँके) : ‘‘स्रस्टा र सिर्जनाको सम्मान हाम्रो पहिचान’’ भन्ने मुल नाराका साथ शनिबार कोहलपुरका साहित्यकार महानन्द ढकालको पहिलो उपन्यास बुह्रानको बिमोचन कार्यक्रम कोहलपुरमा सम्पन्न भएको छ । कथाकार तथा प्राज्ञ सनत रेग्मीले उपन्यास बुह्रानको बिमोचन गरेका हुन् । कृति बिमोचन समारोहमै तुलसिराम स्मृति पुरस्कार यस बर्ष सहित्यकार डा. इन्द्र […]