सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जस्थित यातायात व्यवस्था कार्यालयका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कार्यालयको सवारी शाखामा कार्यरत २२ बर्षीया महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।
सेवाग्राहीको अत्याधिक चाप हुने यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि तत्कालका लागि सबै काम बन्द गरेर कार्यालय शील गरिएको छ । नेपालगञ्ज वडा नं. १८ निवासी ती महिलासँग कति कर्मचारी र सेवाग्राही सम्पर्कमा रहेका थिए भन्ने एकिन छैन ।
प्रत्यक्ष सम्पर्कमा रहेका सेवाग्राहीहरु पनि कहाँ र कुन जिल्लाका थिए भन्ने जानकारी लिन कठिन हुने देखिएको छ ।
बाँकेमा लकडाउन खुलेपछि दैनिकजसो कोरोना संक्रमित फेला परिरहेका छन् । पछिल्लो दिनमा भेटिएका संक्रमित क्वारेन्टिनमा नबसेका र समुदायमै संक्रमण देखिन थालेको छ ।

