
सदरलाइनडटकम,
कपिलबस्तु : कपिलबस्तुमा आगलागी हुँदा चार वटा घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । विजयनगर गाउँपालिका वडा नं.७ को मानपुरमा शनिवार बेलुकी आगलगी हँुदा चार घर जलेर नष्ट भएका हुन् ।
खाना पकाउने क्रममा एक्कासी लागेको आगोबाट चार वटा घर जलेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । घरबाट धुवा निस्केको देखेपछि स्थानीयले प्रहरी र दमकललाई खबर गरी आगो निभाउने प्रयास गरेका थिए ।
घटनास्थल पुगेको प्रहरी निरीक्षक नविन पौडेल नेतृत्वको टोली, दमकल र स्थानीयहरुले संयुक्तरुपमा एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट करीब १४ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी निरीक्षक पौडेलले बताए ।
(कपिलबस्तुबाट अजय मिश्रको सहयोगमा)