प्रदेश पाँचबाट नौ जनाको मनोनयन दर्ता

२० पुष २०७६, आईतवार १६:३७
 

सदरलाइनडटकम,
बुटवल : आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर ५ बाट नौ जनाको उम्मेदवारी परेको छ । प्रदेश ५ बाट तीन पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीबाट गरि नौ जनाको उम्मेदवारी दर्ता भएको हो ।
नेकपाको तर्फबाट दाङका जगप्रसाद शर्मा, रुपन्देहीबाट गोपाल भटराई र कपिलवस्तुबाट विमला घिमिरेले राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट दाङकी गिरिजादेवी न्यौपाने, अर्घाखाँचीका बालकृष्ण पाण्डे र बाँकेका मेराजअहमद हलवाईले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।
त्यसैगरी, समाजवादी पार्टीका तर्फबाट बाँकेबाट सुनिल सिंघल र बर्दियाका कृष्णप्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाका तर्फबाट कपिलवस्तुका शिव पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश नम्बर ५ को मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा स्थापना गरिएको छ ।
प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्य रहेका रोल्पाका राजकुमार कुँवर, मिना बुढा र रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ वर्षे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो । निर्वाचनमा प्रदेशसभा सदस्यहरु ८७ जना र स्थानीय तहका प्रमुख उपप्रमुख २ सय १८ गरि ३ सय ५ जना मतदाता रहेका छन् ।

Next Post

खाडीका नेपालीलाई दूतावासको सम्पर्कमा रहन आग्रह

२० पुष २०७६, आईतवार १६:३७
सदरलाइनडटकम, काठमाण्डौ : अमेरिका र ईरानबीच तनाव बढेसँगै खाडी क्षेत्रमा रहेका नेपालीबारे चिन्ता शुरु भएको छ । दुई देशको तनाव बढ्दा ईरान र इराकसँगै मध्य पूर्वका अरु देशमा पनि असर पर्ने भएकाले ती देशमा रहेका नेपालीबारे चिन्ता शुरु भएको हो । यस विषयमा परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा […]