सुख्खाग्रस्त नरैनापुर गाउँपालिका बन्यो चुनावी मुद्दा

सदरलाइन संवाददाता २९ भाद्र २०७९, बुधबार १३:०४
 

नेपालगञ्ज : मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनको उम्मेदवारी टुंगो नलाग्दै दलहरुले बाँकेको निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने नरैनापुर गाउँपालिकाको सुख्खाग्रस्त समस्यालाई प्राथमिकताका साथ उठाउन थालेका छन् ।

सत्ता गठबन्धन दलका नेताहरुले डिप बोरिङ जडान, सिक्टा सिंचाइ आयोजनाको नहर निमार्णका लागि सरकारी पहल भइरहेको आश्वासन दिइरहेका छन् । प्रतिपक्षी दल नेकपा (एमाले) का नेताहरुले भने सरकारले सुख्खाग्रस्त नरैनापुर गाउँपालिकावासीहरुलाई तत्काल राहत उपलब्ध गराउन माग गरिरहेका छन् ।


उक्त क्षेत्रका सांसद तथा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज नरैनापुर क्षेत्रमा पुगेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग नरैनापुरवासीका लागि तत्काल राहत प्याकेज ल्याउन माग गरिरहेको आश्वासन दिइरहेका छन् । मन्त्री गहतराजको नाम उक्त निर्वाचन क्षेत्रबाट संघीय सांसदको नाम नेकपा माओवादी (केन्द्र) ले फेरि पनि सिफारिस गरेर पठाएको छ ।

गठबन्धनबाट निर्वाचन क्षेत्र १ मा माओवादीले दाबी गरेको छ । त्यस्तै, नेकपा (एमाले) बाट संघीय सांसदका उम्मेदवारका रूपमा सिफारिस भएका तथा एमालेका केन्द्रीय सदस्य सूर्य ढकालले नरैनापुरवासीलाई तत्काल राहत उपलब्ध गराउन माग गरिएको बताए । खडेरीले नरैनापुरका ८० प्रतिशत खेत बाँझै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शहरलाई गाउँसँग जोड्दै बाँकेका होमस्टे

२९ भाद्र २०७९, बुधबार १३:०४
कोहलपुर (बाँके) : बाँकेका गाउँबस्तीमा व्यावसायिक रूपमा सञ्चालित होमस्टे (घरवास)ले ग्रामीण पर्यटकको सङ्ख्या बढेको छ । शहरको व्यस्त दिनचर्यालाई गाउँका होमस्टेको शान्त वातावरण र ग्रामीण परिवेशसँगै स्थानीय परिकारले नयाँपन दिने गरेको छ । होमस्टेमा खान, बस्न र घुम्न आउने सबैजसो पाहुना शहर बजारका हुने गरेको बाँकेको बैजनाथ–१ स्थित गाभर भ्याली […]