खजुरा अस्पतालको विकासमा लागिपर्ने : अध्यक्ष केसी

१९ जेष्ठ २०७७, सोमबार १८:४८
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पदभार ग्रहण गरेका समितिका अध्यक्ष भक्तबहादुर केसीले आफ्नो नेतृत्वको टीम अस्पतालको सञ्चालन र व्यवस्थापनमा अहोरात्र खटिने बताएका छन् ।
उनले जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या रहेकोले सबैभन्दा पहिला जनशक्ति परिपूर्तिका लागि पहल गर्ने बताए । आइतवार पदभार ग्रहण गरेका अध्यक्ष केसीले सोमवारदेखि जिम्मेवारी सम्हाल्दै अस्पताल पूर्णरूपमा सञ्चालनका लागि व्यवस्थापनमा लाग्ने बताएका हुन् ।
उनले कम्तीमा विशेषज्ञसहित १३० जना जनशक्ति आवश्यक रहेकोमा अबको पहल त्यसैमा केन्द्रित हुने जनाए । जनशक्ति परिपूर्तिका साथै रेडिएशन मेशिनलगायत आवश्यक सामग्री व्यवस्थापनको पहल गरिने अध्यक्ष केसीले बताए ।
केसीलाई नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुराको अध्यक्षमा र समाजसेवी पुर्ण चन्द्र पोखरेल, मुस्लिम समुदायका युवा मोहम्मद मुबिन खाँ र महिला प्रतिनिधिको रुपमा समाजसेवी चरित्रा शाहलाई सदस्य पदमा मनोनयन गरेको हो ।

Next Post

खजुरामा पिसिआर परीक्षण तीब्र

१९ जेष्ठ २०७७, सोमबार १८:४८
सदरलाइनडटकम, खजुरा (बाँके) : बाँकेको खजुरामा विभिन्न क्वारेन्टिनमा रहेकाहरुको पिसिआर जाँच तीव्र पारिएको छ । हालसम्म खजुरामा ३ सय ३८ जनाको पिसिआर गरिएको छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले स्वाव संकलन गरि पिसिआर जाँच गर्ने कर्यमा तीव्रता दिएको बताए । हालसम्म ४ जनाको रिपोर्ट पोजेटिभ देखिएको खजुरा गाउँपालिका सूचना […]

सम्बन्धित