विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस मनाइयो

सदरलाइन संवाददाता २९ भाद्र २०७९, बुधबार १२:५१
 

नेपालगञ्ज : बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार भन्ने नाराका साथ बुधवार विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल अधिकार दिवस मनाइएको छ । र्याली, अन्तरक्रिया तथा बाल अधिकारका सवालमा विचार गोष्ठि लगायतका कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।

बालअधिकार दिवसका सन्दर्भमा बालसुधार बाँकेले प्रेरक कार्यक्रम गरेको छ । सुधार गृहकी इन्चार्ज बिमला काउचा मगरले कानूनको बिवादमा परेका बालबालिका लक्षित गरि बालन्याय र उनीहरुको आत्मबल बढाउने किसिमको कार्यक्रम गरिएको जानकारी दिए ।

कार्यक्रममा सुधारगृहका बालकका साथै बाँके जिल्ला अदालतका न्यायाधीश कानून ब्यवसायी बालअधिकारकर्मी लगायतका सरोकारवालाको सहभागिता रहेको सुधार गृहकी इन्चार्ज मगरले जानकारी दिए । बालसुधार गृहमा हाल २०९ जना बालबालिकाहरु रहेका छन् ।

नेपालले हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ तारिखमा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।


२०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ सालपछि भने भदौ २९ गते मनाउन थालिएको हो । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा आत्मसाथ गर्दै हरेक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन–पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुने लगायतका कुराको प्रत्याभूति गरेको छ ।

यस्तै दिवसका अवसरमा शुभकामा दिँदै नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बालबालिकाको शिक्षा, स्वास्थ्यलगायतका अधिकार सुनिश्चित गर्ने कार्यलाई नरैनापुर गाउँपालिकाले प्राथमकितामा राखेको बताएका छन् ।

उनले शिक्षामा सबैको पहुँच पुर्याउने गरि योजना ल्याउने प्रतिवद्धता व्यक्त गर्दै निरक्षरता विरुद्ध अभियान चलाउने क्रममा नरैनापुर गाउँपालिकले बालअधिकारको पहिलो पाइलाको रुपमा आधारभूत तहको शिक्षालाई थप गुणस्तरीय बनाएको उल्लेख गर्दै शिक्षामा पहुँच बढाउन बस र निःशुल्क शिक्षा सञ्चालन गर्दै आएको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरी अस्पतालमा डेंगुका १९ जना बिरामी भर्ना

२९ भाद्र २०७९, बुधबार १२:५१
नेपालगञ्ज : भेरी अस्पताल नेपालगञ्जमा डेंगुका १९ जना बिरामी भर्ना भएका छन् । बाँकेमा हालसम्म नेपालगञ्ज उपमहानगरपालिकका ५, कोहलपुर नगरपालिकाका २ र बैजनाथ गाउँपालिकाका १ गरी ८ जना र बाहिरका ११ जना डेंगुका बिरामी उपचाररत रहेको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरीटेन्डेन्ट डा. बद्री चापागाईंले जानकारी दिए । उनका अनुसार बाँकेबाहेक […]