सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ४ का एघार वर्षीय जगत दमाईलाई अपहरण गरेको आरोपमा प्रहरीले दुई जना भारतीयहरुलाई पक्राउ गरेको छ ।
साधुको भेषमा आएका भारतीय नागरिकले केही दिन अघि सिमावर्ती भारतीय बजार बसही जाने क्रममा आफुलाई ललाइफकाई जेरी र समोसा खान दिई बेहोस पारी सम्पूर्णानगर पुगाएको र पछि त्यही रहेका पुनर्वासकै व्यापारीहरुले अपहरणकारीहरुबाट आफुलाई छुटाएको पीडित बालक जगत दमाईले बताएका छन् ।
पीडित बालकले अपहरणकारीहरुको पहिचान गरेपछि पुनर्वासका स्थानीयको सहयोगमा दुवै जनालाई पक्राउ गरिएको हो । बालकको बयानका आधारमा उनीहरुलाई पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी नायव निरीक्षक भुपाल थापाले जानकारी दिए ।
