भालुवाङमा निःशुल्क योग विज्ञान शिविर शुरु

२ बैशाख २०७६, सोमबार १७:५४
 

सदरलाइनडटकम,
भालुवाङ : सात दिने निःशुल्क योग विज्ञान शिविर सोमवार देखि राप्ती गाउँपालिका १ हनुमानगढी मन्दिर भालुवाङमा शुरु भएको छ । पतंजली योग विज्ञान शिविर व्यवस्थापन समिति भालुवाङको आयोजनामा शिविर शुरु भएको हो । स्वास्थ्य नै जिवन हो भन्ने मुल नाराका साथ सुरु भएको शिविरको सोमवार पहिलो दिन महिला पुरुष गरी ६० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
समितिका अध्यक्ष मोहन जिसीको अध्यक्षता एवम् वरिष्ठ योग विज्ञान शिक्षक एवम् दाङ जिल्ला पतंजली योग विज्ञान संघका अध्यक्ष उदयराज डाँगीको प्रमुख आतिथ्यतामा भएको शिविर उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले स्वास्थ्यका लागि योग गर्न जरुरी रहेको बताएका थिए ।
पत्रकार महेश रिजालको स्वागत मन्तव्यबाट शुरु भएको शिविर उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल जिल्ला हेडक्वाटर २९ नम्बर गणका गणपती तुलसीराम दहाल, गढवा स्वास्थ्य चौकीका डा. भरत पोख्रेल, जिल्ला योग संघका युवा अध्यक्ष केतनारायण आचार्य, राप्ती गाउँपालिका वडा नम्बर १ का वडा सदस्यहरु श्यामलाल पोख्रेल, गिता थापा, नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य बहादुरकर्ण केसी, स्वर्गद्धारी टोल विकास समितिका संयोजक गिरबहादर गिरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन योग शिक्षिका सुशिला खनालले गरेकी थिइन् ।

Next Post

दाङका चार युवा हेलिकोप्टर बनाउँदै

२ बैशाख २०७६, सोमबार १७:५४
सदरलाइनडटकम, दाङ : तुलसीपुर ४ घोरानेटी ४ जना युवाले हेलिकोप्टर बनाउन थालेका छन् । सानै उमेरदेखि हेलिकोप्टर बनाउने चाहना भएको भन्दै अहिले साथीसँग मिलेर काम सुरु गरेको निर्माणकर्ता सन्जु वलीले बताए । डेढ महिनादेखि बनाउन सुरु गरिएको हेलिकोप्टरको अहिले बडी अर्थात् बाहिरी भाग निर्माण हुँदैछ । स्थानीय कमल खड्का, ध्रुवविक्रम […]