१० हजार विरुवा रोप्ने पूर्व घोषित कार्यक्रमको भयो सुरुवात

२६ श्रावण २०७६, आईतवार १७:१६
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले आफ्नो पूर्व घोषित वृहत वृक्षारोपण अभियानको सुरुवात नेपालगन्जबाट गरेका छन् ।
केहीदिन पहिला उनले नेपालगन्जको सौन्दर्यकरण तथा हरियाली निर्माण गर्नका लागि १० हजार हुर्केका रुख रोप्ने उद्दघोष गरे बमोजिम सो कार्यको सुरुवात गरिएको हो ।
शहरी विकास मन्त्री राईले नेपालगन्जमा ‘दशहजार बिरुवा रोप्ने’ पूर्व घोषणाको कार्यान्वयन आईतवार बिहान जमुनाहस्थित सडकको ग्रिनबेल्टमा बिरुवा लगाउँदै अभियानको सुरुवात गरेका हुन ।
उनले गत जेठमा गृहनगर आएका बेला हरित शहरका लागि नेपालगन्जमा १० हजार रुख रोप्ने घोषणा गरेका थिए ।
सो अभियानको सुरुवात गर्दै मन्त्री राईले मुलुकका सातैवटा प्रदेशमा यस्तो अभियानको सुरुवात भएको जानकारी दिदै भने,–‘नेपालगन्जमा मात्र होइन देशैभर रुख रोपिन्छ । साथै मेरै प्रस्तावमा यो वर्ष बृक्षा रोपणको वर्षको रुपमा लिदै सबै प्रदेशमा अभियान सुरु गरिएको छ ।’
उनले सबै बाँकेबासिलाई प्रत्यक घरधुरीमा कम्तिमा पनि दुई वटा बिरुवा रोप्नको लागि आव्हान समेत गर्दै भने–‘गाउँ शहर हराभरा बनाउनतिर लागौं । यसका लागि प्रत्येकले घरमा कम्तिमा दुईवटा रुख रोपौं । एउटा फलफुलको अर्को अन्य कुनै रुख ।’
शहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको वृहत वृक्षारोपण सुर्खेतरोडको जमुनाहादेखि राँझा चोकसम्म र नगरका सार्वजनिक स्थलमा पनि बिरुवा रोप्ने लक्ष्य छ ।
वृक्षारोपण कार्याक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शम्शेर राणा बाँके प्रहरी प्रमुख वीरबहादुर ओली, लगायतले पनि वृक्षारोपण कार्यमा सरिक भएका थिए ।

Next Post

नरैनापुरमा साढे ६ सय विरुवा रोपियो

२६ श्रावण २०७६, आईतवार १७:१६
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाको गौशालामा आइतवार बृक्षारोपण गरिएको छ । वडा नम्बर ५ को मोतिपुरस्थित गौशाला क्षेत्रमा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको नेतृत्वमा साढे ६ सय विरुवा रोपिएको हो । अमलाका पाँच सय र जामुनका डेढ सय विरुवा रोपिएको अध्यक्ष शाहले बताए । २० हजार विरुवा रोप्ने […]

सम्बन्धित