जनमत पार्टीद्वारा संगठन विस्तार तीब्र

सदरलाइन संवाददाता १३ आश्विन २०७७, मंगलवार १३:५५
 

जानकी (बाँके) : सिके राउतको नेतृत्वमा रहेको जनमत पार्टी शान्तिपूर्ण राजनीतिक मुलधारमा आएपछि आफ्नो सामाजिक र राजनीतिक गतिविधी बढाएको छ ।

देश र जनतालाई सर्वोपरि राख्दै जनमत पार्टीले समाज सेवामा अघि बढ्नुका साथै संगठन विस्तारको कार्यलाई पनि तीब्रता दिएको छ । यसैक्रममा जनमत पार्टी बाँकेले जिल्लाका विभिन्न ठाउँमा गाउँ कमिटि गठन अभियान थालेको छ ।


जय स्वराज, जय जनमत भन्ने नाराका साथ शुरु गरिएको अभियानअन्तर्गत जानकी गाउँपालिका वडा नं. ६ बन्जारे गाउँमा गाउँ कमिटि गठन गरिएको छ । बरसाती नाउँको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको जनमत पार्टीका केन्द्रीय सदस्य एवं बाँके इञ्चार्ज मो. इरफान शेषले जानकारी दिए ।

कार्यक्रममा माधव बर्माले मधेशको मुक्ति जनमतले पार्टीले मात्र गर्नसक्ने भएकोले जनतालाई जागरुक हुन आग्रह गरेको बाँकेका सचिव राजितराम बर्माले बताए ।

Next Post

कोरोनाको कहरका बेलामा रेडियो शिक्षण बिधिबाट सञ्चालित कक्षा प्रभावकारी

१३ आश्विन २०७७, मंगलवार १३:५५
नेपालगञ्ज : नोबोल कोरोना भाइरसको जोखिमका कारण गत चैत्रदेखि शैक्षिक संस्था बन्द हुँदा अबरुद्ध भएको शिक्षण गतिविधि बाँकेमा बैकल्पिक माध्यामको प्रयोगबाट सुरुवात गर्दा प्रभावकारी भएको पाईएको छ । कोरोना संक्रमण फैलने त्रासका कारण गत शैक्षिक सत्रको अन्त्यदेखि बन्द रहेका शिक्षण संस्था खुल्न नसकेको अवस्थामा रेडियोमार्फत संचालन गरिएको नमुना कक्षा कार्यक्रमले […]

सम्बन्धित