मन्त्री हमालको राजीनामा प्रधानमन्त्रीद्वारा स्वीकृत

सदरलाइन संवाददाता २४ आश्विन २०७८, आईतवार १५:२८
 

नेपालगञ्ज : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा दिएका छन् । आइतवार बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका हुन् ।

प्रधानमन्त्री देउवाले राजिनामा स्विकृत समेत गरेका छन् । हमाल शुक्रबार मन्त्री नियुक्त भएका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’बाट हमाललाई देउवाले मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो ।


मन्त्री पदमा आफ्नो नियुक्तिलाई लिएर आमरुपमा प्रश्न उठेपछि नैतिकताको हिसाबले पनि पदमा बस्न उचित नहुने निष्कर्षमा पुगेकाले राजीनामा दिएको मन्त्री हमालले बताए । उनले आशंकाबीच पदमा बसिरहन उपयुक्त नलागेकाले राजीनामा दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेख र रुकुममा दुर्घटना हुँदा दुईजनाको मृत्यु

२४ आश्विन २०७८, आईतवार १५:२८
नेपालगञ्ज डेस्क : दैलेख र रुकुममा भएका छुट्टाछुट्ट्रै दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दैलेखको दारेभीरमा बस पल्टिँदा अछामका ७४ वर्षीय भक्तबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले जानकारी दिए । उनका अनुसार अरू सात जना घाइते भएका छन् […]

ताजा अपडेट