समावेशीका विद्यार्थीको बिदाई कार्यक्रम

१ चैत्र २०७५, शुक्रबार १८:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : समावेशी इग्लिस स्कुल नेपालगञ्जका एसईई परीक्षामा सहभागी विद्यार्थीको शुक्रबार विदाई गरिएको छ ।

कक्षा ९ मा अध्ययनरत विद्यार्थीले कक्षा १० का एसईईमा सहभागि हुने उनीहरुको विदाइ गरेका हुन् ।

त्यसक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको विद्यालयका प्राध्यापक मोहन विकले जानकारी दिए ।

कार्यक्रममा संस्थापक सञ्चालक अध्यक्ष शेरबहादुर खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विन्दु सुवेदी, बरिष्ठ सल्लाहाकार सरोज न्यौपाने, निर्देशक पुष्पराज गुरुङ, सञ्चालक सदस्य गोविन्द रेग्मी, कुन्ता खड्कालगायतले विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गरेका थिए ।

Next Post

छुट्टाछुट्टै दुर्घटना हुँदा दाङमा दुईको मृत्यु

१ चैत्र २०७५, शुक्रबार १८:३७
सदरलाइनडटकम, दाङ : दाङमा शुक्रवार भएको छुट्टाछुटै घटनामा गम्भीर घाइतेहरुको उपचारका क्रममा मृत्यु भएको छ । राप्ती गाउँपालिका ५ पहरुवामा मोटरसाईकलले साइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको उपचारको क्रममा शुक्रवार राती निधन भएको छ । राती ९ बजे पूर्बबाट पश्चिमतर्फ गइरहेको साइकललाई सोही दिशा तर्फ गइरहेको रा ३ प ८४१५ मोटरसाइकले […]