लुम्बिनीमा थोरै विद्यालय बढि विद्यार्थीको अवधारणा

सदरलाइन संवाददाता २४ बैशाख २०८१, सोमबार २१:१५
 

नेपालगञ्ज  :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले शिक्षा क्षेत्रमा परिवर्तनको आवश्यकता रहेको औल्याएका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालयको आयोजनामा सोमबारदेखि सुरु भएको राष्ट्रिय योग्यता प्रारुप तथा अनौपचारिक शिक्षाको पाठ्यक्रम सम्बन्धी प्रबोधीकरण र लुम्बिनी प्रदेशको आव २०८१–८२ को शैक्षिक नीति तथा कार्यक्रम सम्बन्धी छmफलको उद्घाटन गर्दै सो कुरा औल्याएका हुन ।

मुख्यमन्त्री महराले भने,–‘शिक्षा क्षेत्रमा क्रमागत नभई परिणाम दिने गरि परिवर्तन होस भन्ने पक्षमा प्रदेश सरकार रहेको छ ।’ उनले स्थानीय सेवा ऐन विधेयक संसदको आगामी अधिवेशनमा पेश गरि पारित गर्ने बिश्वास दिलाए ।


कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले बर्तमान चुनौतीको सम्बोधन गर्न सक्ने गरि शिक्षा क्षेत्रमा परिवर्तनको जरुरी भएको बताउँदै शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर भएको बताए ।
उनले भने,–‘सामुदायिक विद्यालयमा प्रति विद्यार्थी लगानी बढाउँदै जादा पनि ति विद्यालय किन सुक्न थालेका छन् ? यसतर्फ सबैपक्ष गम्भिर बन्न आवश्यक छ । ’ उनले सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार विकासमा मात्रै जोड नदिई सामुदायिक तथा सामाजिक पूर्वाधार विकासमा मन्त्रालयले अबदेखि जोड दिने बताए ।

विद्यालय कम र विद्यार्थी धेरैको अवधारणा अनुसार प्रदेश सरकार अघि बढ्ने उनको भनाई छ । मन्त्री खत्रीले बार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारीका सन्दर्भमा प्रदेशका १०९ वटै स्थानीय तहका शिक्षा शाखा प्रमुखको सहभागितामा कार्यक्रम गरिएको बताए ।

मङ्गलबारसम्म सञ्चालन हुने कार्यक्रममा मन्त्रालयका सचिव थानेश्वर ज्ञवालीले स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुबाट प्राप्त सुझावका आधारमा अघि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

परिणाम देखिने गरी अर्थपूर्ण कामगर्न मन्त्री चौधरीको निर्देशन

२४ बैशाख २०८१, सोमबार २१:१५
काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले परिणाम देखिने गरी अर्थपूर्ण काम गर्न कर्मचारीलाई निर्देशन दिएकी छन् । बिहीबार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै उनले नीतिगत निर्णय गर्दै २ महिनामा नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिएकी हुन । अर्थपूर्ण रूपमा काम गर्न कम्पोजिशन मिल्नुपर्ने बताउँदै मन्त्री चौधरीले […]