हार्डवेयर व्यबसायीद्वारा भाद्र २९ गते बक्तृत्वकला गरिने

सदरलाइन संवाददाता २७ भाद्र २०७९, सोमबार १४:११
 

कोहलपुर (बाँके) : कोहलपुर हार्डवेयर व्यबसायि संघ परिवारले बाल दिवसका अबसरमा नगर स्तरीय बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

‘समृद्धि र विकासमा हाम्रो सहभागिता व्यवसायी एकता हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगिताको शिर्षक ‘कोहलपुर नगरको बृहत्तर विकासमा व्यवसायीहरुको भुमिका’ रहेको आयोजकले जनाएको छ ।

नगरस्तरीय उक्त बक्तृत्वकला कार्यक्रममा सहभागिताका लागि कोहलपुर हार्डवेयर व्यबसायि संघले नगरमा रहेका सम्पुर्ण बिद्यालयहरु, व्यबसायी, उद्योग वाणिज्य संघमा दर्ता भएका र हुन बाँकी भएका वस्तुगत समूहका प्रतिनिधिहरुलाई समेत आब्हान गरेको छ ।


घरेलु र होटल व्यवसायी लगायत नगर भित्र व्यवसाय गरी बस्ने सम्पूर्ण व्यवसायिक ब्यक्तित्व, कोहलपुर नगर भित्र सम्पूर्ण क्याम्पसका क्याम्पस प्रमुख, सम्पूर्ण विद्यालयका प्रधानाध्यापक विभिन्न साहित्यिक समूहका साहित्यकार, शिक्षाबिद एबम् शैक्षिक क्षेत्रमा आबद्ध महानुभाव तथा पत्रकारहरुलाई समेत कार्यक्रममा निम्तो दिइएको जनाईएको छ ।

भाद्र २९ गते कोहलपुर चप्परगौंरीको होटल वेस्टर्न रिभरसाईडको सभाहलमा सम्पन्न हुने प्रतियोगितामा नगर स्तरका बिद्यालयका कक्षा ८ देखि १० सम्मका १ छात्र १ छात्राले सहभागिता जनाउन सक्नेछन ।

प्रतिस्पर्धाबाट प्रथम हुनेले रु १०००० नगद र प्रमाणपत्र ट्रफी प्राप्त गर्नेछन । यसैगरि क्रमश द्धितिय त्रितिय र सान्त्वना हुनेले क्रमश ७५००, ५००० र २५०० नगद सहित प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा नयाँ प्रमुख प्रशासकीय अधिकृत

२७ भाद्र २०७९, सोमबार १४:११
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका शिवप्रसाद रिजाल सोमबार कार्यालयमा हाजिर भएका छन् । रिजाललाई नगरप्रमुख प्रसान्त बिष्ट, उपप्रमुख कमरुद्दिन राई लगायत अन्य जनप्रतिनिधि र कर्मचारीहरुले स्वागत गरे । प्रमुख प्रशासकीय अधिकृत रिक्त भएको डेढ महीनापछि रिजाल सरुवा भइ आएका हुन् । रिजालले करिब १५ बर्ष स्थानिय […]