दाङ : दाङमा अवैध गर्भधारणबाट जन्मिएको १६ दिने शिशुको आमाले हत्या गरेकी छन् । राप्ती गाउँपालिका ३ मुसरिया गाउँकी १५ वर्षीया किशोरीले अवैध गर्भधारणबाट जन्माएको १६ दिने शिशुको हत्या गरेकी हुन् ।
ति किशोरीले बुधबार बिहान सेफ्टी ट्याङ्कीमा फालेर १६ दिने शिशुको हत्या गरेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिएका छन ।


अवैध गर्भधारणबाट जन्मिएको बच्चा (बालिका) धेरै रोएको र स्तनपान गराउँदा पनि रुन नछाडेपछि आवेशमा आई सेफ्टी ट्याङ्कीमा लगेर फालेको ती किशोरीले साविती बयान दिएको एसपी काफ्लेले बताए ।
प्रहरीले सेफ्टी ट्याङ्कीबाट शिशुको शव बरामद गरेको छ । किशोरीमाथि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।