युनेस्कोद्वारा आयआर्जनका लागि अति विपन्नलाई किराना र खाजा पसल सञ्चालनमा सहयोग

सदरलाइन संवाददाता ८ श्रावण २०७९, आईतवार १७:४८
 

नेपालगञ्ज :  नेपालगञ्जका चार अति विपन्न परिवारलाई आयआर्जनका लागि किराना र खाजा पसल सञ्चालनमा सहयोग गरिएको छ । बाँके युनेस्को क्लबले कतार च्यारेटीको आर्थिक सहयोगमा उनीहरुलाई आत्मनिर्भर बनाउन सो सहयोग गरेको हो ।

क्लबले सञ्चालन गरेको आयआर्जनका लागि व्यावसायिक परियोजना अन्तर्गत नेपालगञ्ज–११ का अति विपन्न एकल महिला शाहजहाँ मिस्त्रीलाई सहयोग गरिएको किराना पसलको आइतवार उद्घाटन समेत गरिएको छ ।

सो पसलको उद्घाटन नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य हरिवंश किरात, नफुकनका मानार्थ उपाध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सदस्य दिपक सरकार र बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले संयुक्त रुपमा गरेका थिए ।


सो अवसरमा नफुकनका मानार्थ अध्यक्ष एवं युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य किरातले कतार च्यारेटीको सहयोगमा क्लबले अतिविपन्नलाई गरेको यो सहयोगले विपन्न परिवारको जिवनयापनमा ठुलो सहयोग पुग्ने बताए । उनले किराना व्यवसायलाई राम्रोसंग गर्न सुझाव दिंदै यसबाट जीवन परिवर्तन हुने कुरामा जोड दिए ।

सो पसल सञ्चालनका लागि क्लबले २ लाख २४ हजार रुपियाँको सहयोग गरेको छ । क्लबले कतार च्यारेटीको सहयोगमा नेपालगञ्जका तीन जना विपन्नलाई किराना पसल र एक जनालाई खाजा पसलको लागि आर्थिक सहयोग गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए । उनले यस्ता कार्यक्रमले धेरैको आर्थिक अवस्थामा ठुलो परिवर्तन आएको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उपमहानगरद्वारा सामुदायिक विद्यालयमा आकस्मिक छड्के

८ श्रावण २०७९, आईतवार १७:४८
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरका प्रमुख प्रशान्त विष्टले उपमहानगरभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयमा विभिन्न खालका बेथितीहरु देखिएको बताएका छन् । नगर प्रमुख प्रशान्त विष्ट सोमबार यपमहानगरका सामुदायिक विद्यालयको आकस्मिक निरीक्षणमा पुग्दा विभिन्न विद्यालयमा शिक्षकहरु समयमै विद्यालयमा उपस्थित नभएको, आफुखुशी विदामा बसेको, हाजिर नगरेको लगायतका बेथिती भेटिएको बताए । शैक्षिक सुधारलाई पहिलो […]